लघु विमा कम्पनी स्थापना गर्ने अर्थमन्त्रीको घोषणा

लघु विमा कम्पनी स्थापना गर्ने अर्थमन्त्रीको घोषणा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि उत्पादनमा हुने जोखिम न्यूनिकरणका लागि लघु विमा कम्पनी स्थापना गर्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री खतिवडाले कृषि उत्पादनमा जोखिम हुन नदिन लघु विमा कम्पनी खोलेर लघु विमा कार्यक्रम संचालन गर्न सहकारी संस्थाहरुलाई पनि आग्रह गरे । उनले सहकारी संस्थाहरुलाई लघु विमा कार्यक्रम संचालन गर्नका लागि सरकारले आवश्यक नीति, कानुन निर्माण गरिदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको ११ औं वार्षिक साधारण सभालाई बिहीबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पूँजी, प्रविधि र प्राकृतिक विपत्तिका कारण कृषि उत्पादनमा जोखिम हुने गरेको उल्लेख गर्दै त्यसलाई रोक्न सरकारले पशु र कृषिमा लघु विमा कार्यक्रम संचालन गरेको पनि स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी बस्तुहरुको उत्पादन गर्न पनि सम्बन्धित निकायलाई सचेत गराएका छन् ।

Logo