आफ्नै फैसला विपरीत सरकारी गाडी चढ्छन् पूर्वप्रधानन्यायाधीशहरू

आफ्नै फैसला विपरीत सरकारी गाडी चढ्छन् पूर्वप्रधानन्यायाधीशहरू

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरूले आफैंले गरेको फैसलाविपरीत सेवा सुविधा लिँदै आइरहेका छन् । सर्वोच्चले कानुन निर्माण गरेर मात्रै सेवा सुविधा लिन आदेश दिए पनि जीवित सबै १४ जना पूर्वप्रधानन्यायाधीशले शक्तिको दुरुपयोग गर्दै अदालतको फैसलाविपरीत गाडी सुविधा लिँदै आएका हुन् । उनीहरूले सरकारी नम्बर प्लेटको गाडीलाई रातो प्लेटमा परिवर्तन गरी सरकारी साधन दुरुपयोग समेत गरेका छन् ।

सर्वोच्चको आदेश लत्याउँदै सेवासुविधा लिने पूर्वप्रधानन्यायाधीशहरूमा सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, दिलिपकुमार पौडेल, मीनबहादुर रायमाझी, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली र ओमप्रकाश मिश्र रहेका छन् ।

पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहले बा १ झ ९४९२ नम्बरको फोर्डकार्ड सरकारी गाडीलाई बा ९ च ४९२१ नम्बरमा परिवर्तन गरी प्रयोग गरिरहेका छन् ।

यसैगरी ओमभक्त श्रेष्ठले बा १ झ ९४९३ नम्बरको फोर्ड सरकारी गाडीलाई बा ९ च ४९२२ नम्बरमा, मोहनप्रसाद शर्माले बा १ झ ९४८५ लाई बा ९ च ४९१३ नम्बरमा, केशवप्रसाद उपाध्यायले बा १ झ ९४९६ नम्बरको सरकारी गाडीलाई बा ९ च ४९२५ नम्बरमा परिवर्तन गरी प्र्रयोग गरिरहेका छन् ।

यस्तै हरिप्रसाद शर्माले बा १ झ ९५०३ को सरकारी गाडीलाई बा ९ च ४१३१ मा, दिलिपकुमार पौडेलले बा १ झ ९४९१ नम्बरको सरकारी गाडीलाई बा ९ च ४९२० नम्बरको रातो नम्बर प्लेट राखी चलाइराखेका छन् ।
राजधानीबाट

Logo