पार्टीमा अराजकता मौलाएको प्रति प्रवक्ता नारायणकाजीको चिन्ता

पार्टीमा अराजकता मौलाएको प्रति प्रवक्ता नारायणकाजीको चिन्ता

केन्द्रबिन्दु
0
Shares

दमौली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरण निष्कर्षमा नपुग्दा पार्टीभित्र अराजकता मौलाएको टिप्पणी गर्नुभएको छ ।

तनहुँको दमौलीमा आइतबार कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको सम्पूर्ण कार्य अवरुद्ध भएकाले पार्टीमा अराजकताले स्थान पाएको बताउनुभयो । उहाँले पार्टी सङ्गठन नबन्दा कार्यकर्तामा निराशा आएको भन्दै पार्टी सचिवालयको बैठकले एकीकरणको सम्पूर्ण प्रक्रिया पूरा गर्ने बताउनुभयो । कार्यदललाई एकीकरणको प्रक्रिया पूरा गर्ने जिम्मेवारी दिए पनि कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेको भन्दै प्रवक्ता श्रेष्ठले अब सचिवालयले नै सबै काम टुङ्गो लगाउने बताउनुभयो ।

चिकित्सा शिक्षा विधेयकमा डा केसीको पहिलेको मागहरु सबै सम्बोधन भइसकेको भन्दै प्रवक्ता श्रेष्ठले अब अनशनको नाममा रडाको मच्चाइरहनुको कुनै औचित्य नभएको बताउनुभयो ।
रासस

Skip This
Skip This
Logo