काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना विभागमा छड्के निरीक्षण गरेका छन् । आइतवार सञ्चारग्रामस्थित सूचना विभागको कार्यालय पुगेका मन्त्री बाँस्कोटाले कार्यालयभित्र सेवा प्रदान हुने सबै कोठामा पुगेर निरीक्षण गरेका हुन् ।
निरिक्षणका क्रममा मन्त्री बाँस्कोटाले विभागले प्रदान गर्दै आएको सेवा, कर्मचारीहरूको उपलब्धता लगायत विषयमा जिज्ञाशा राखेका थिए । कार्यालयमा अनुपस्थित कर्मचारीबारे पनि उनले सोधखोज गरे ।
मन्त्री बाँस्कोटालाई सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले ब्रिफिङ गरेका थिए । निरीक्षणका क्रममा मन्त्री बाँस्कोटाले बैंक स्टेटमेन्ट र श्रमजीवी पत्रकार तथा कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराएको कागजात विना मिडियाको नवीकरण नगर्न तथा आवश्यक कागजात नपुगी भनसुन र दबाबका भरमा कुनै पनि काम नगर्न निर्देशन दिए ।
सूचना विभागमा दर्ता नभएका अनलाइनसहितका मिडियालाई बन्द हुनसक्ने समेत बताए ।





























प्रतिक्रिया