ध्वनि प्रदूषण गराउने ५२ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

ध्वनि प्रदूषण गराउने ५२ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । काठमाडौँ उपत्‍यकाका विभिन्न स्थानबाट ध्वनि प्रदूषण गराउने ५२ ओटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

विगत लामो समयदेखि रूप परिवर्तन गरी शहरी क्षेत्रमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्का समेत निकाल्ने मोटसाइकलहरू नियन्त्रणमा लिई कारवाही गर्दै आएकोमा यही मंसिर १९ गतेबाट ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय वातावरण विभागसँग समन्वय गरी अभियानकै रूपमा चेकजाँचलाई अगाडि बढाएको छ ।

सोमबार मात्रै ध्वनि प्रदूषण गराउने १२ ओटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । योसँगै अभियान सुरु भएदेखि अहिलेसम्म ५२ ओटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।

नियन्त्रणमा लिएका मोटरसाइकलाई वातावरण विभागद्वारा परीक्षण गराइ स्वरूप परिवर्तन गरेकालाई आवश्‍यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय सतुङ्गल पठाइने र अन्यलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम ट्राफिक जरिवाना गरिने छ ।

Logo