सिन्धुपाल्चोकका उच्च पडाडी भेगमा भारी हिमपात

सिन्धुपाल्चोकका उच्च पडाडी भेगमा भारी हिमपात

केन्द्रबिन्दु
0
Shares

मेलम्ची

सिन्धुपाल्चोकको उच्च हिमाली भू–भागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको छ । शुक्रबार साँझदेखि जिल्लाको हेलम्बुको सोर्माथान, पाँचपोखरीको गुन्सा, लिसङ्खुपाखरको मुडेमा बाक्लो हिउँ परेको छ । हिमपातपछि हिमाली भेगको जनजीवन प्रभावित भएको छ ।

वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईबस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफूललाई समेत क्षति पु¥याएको स्थानीय कृषकहरु बताउनुहुन्छ । गत सोमबार र मङ्गलबार वर्षा र शुक्रबार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ ।

हेलम्बुको शोर्माथानमा हिउँ परेकाले जनजीवन प्रभावित भएको स्थानीय आङ दावा शोर्पाले बताउनुभयो । माथिल्लो बस्तीमा हिमपात भइरहँदा तल्लो बस्तीमा भने चिसो बढेको छ । वर्षासँगै शीतलहर र तुवाँलोका कारण मेलम्चीको गुफा डाँडा, पाल्चोकको ककनी लगायतको स्थानमा बाहिर निस्कनसमेत समस्या भएको स्थानीयले बताएका छन् ।

अस्पताल तथा स्वास्थ्य केन्द्रमा चिसोका बिरामी बढेका छन् । चिसो बढेपछि यो सातामा मात्रै रुघाखोकी, निमोनिया ज्वरोलगायतका बिरामीको सङ्ख्या ह्वात्तै बढेको क्षेत्रीय अस्पताल मेलम्चीले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo