काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारन्मुख भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराउँदै आएका उनको स्वास्थ्य अवस्था सुधारान्मुख देखिएको उनका स्वकिय सचिव महेश विष्टले जानकारी दिए ।
गत पुस २३ गते अस्पतालमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार भएपछि घर लगिएको थियो । घर लगेपछि उनको स्वास्थ्यमा पुनःसमस्या देखिएपछि गत माघ २ गते भर्ना गरिएको थियो । उनको मुटु, श्वासप्रश्वास र छातीमा सङ्क्रमण देखिएको छ । मुटुमा समस्या भएपछि गत बुधबारदेखि सघन कक्षमा उनको उपचार भइरहेको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया