काठमाडौं । यतिबेला श्रीस्वस्थानी ब्रत कथा चलिरहेको छ । पुष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमा समापन गरिन्छ । एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।
सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्रीस्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रता कथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रत कथामा प्रत्येक दिन एक एक अध्याय बाचन गर्ने गरिन्छ । स्वस्थानीको पाँचौ अध्यायमा कैलाश पर्वतमा शिव र पार्वतीको खरको घरमा वास भएको कथाको वर्णन गरिएको थियो ।
कोही पनि देवताहरुले वध गर्न नसकेका त्रिपुरासुरहरुको वध सम्पुर्ण देवताहरुको स्तुतिमा शिव भगवानले वध गरेको कुरा पनि उल्लेख थियो । त्यस्तै अध्याय ६ मा सतिदेवीको कसरी मृत्यु भएको भन्ने कुराको जानकारी दिईन्छ । आखिर उनको कसरी भयो मृत्यु ? हेर्नुहोस भिडियोमाः































प्रतिक्रिया