काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन आज हुँदै छ । शुक्रबार हुने निर्वाचनमा आगामी तीन वर्षको नेतृत्वका लागि निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीका रूपमा छन् ।
प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन् भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका छन् ।
त्यस्तै, देवीप्रसाद सापकोटा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षका लागि युनियन र चौतारीबाट दीपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्य प्रतिस्पर्धी हुन् ।
महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडेल मैदानमा छन् भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साहबिच मुख्य प्रतिस्पर्धा हुने ।
यस्तै, महासचिवमा चौतारी र युनियनबाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी छन् ।





























प्रतिक्रिया