काठमाडौँ
डा गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी गाविसका थापा यसअघि उदयपुर कटारीमा चन्दा असुलीको अरोपमा सार्वजनिक अपराध सजायँ ऐन अन्तर्गत मुद्दा खेपेको प्रहरी अभिलेखमा देखिएको छ ।
विद्यार्थीकाल देखि नै तत्कालीन विद्रोही माओवादीमा लागेका थापा माओवादीको भातृ संगठन वाईसिलएलको नाममा चन्दा असुली गरेको आरोपमा २०७० असारमा जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक अपराध सजायँ ऐनमा मुद्दा चलाएको प्रहरी अभिलेखबाट खुलेको छ ।
तिनै थापा उदयपुरको कटारीबाट सार्वजनिक अपराध मुद्दामा छुटेका उनी सिरहाको मिर्चैयामा २०७१ मा पेस्तालसहित पक्राउ परेपछि हतियार खरखजानामा मुद्दा खेपेको प्रहरीको क्रिमिनल डाटा सिष्टमबाट देखिएको छ ।
त्यसअघि थापालाई जिल्ला प्रहरी कार्यालय धनुषाले ढल्केबरबाट २०६७ जेठ २४ गते पेस्तोलसहित पक्राउ परेका थिए । तत्कालीन धनुषा जिल्लाका प्रहरी प्रमुख एसपी सर्वेन्द्र खनाल (बर्तमान प्रहरी प्रमुख) को कार्यकालमा ढल्केबरबाट थापासहितका केही व्यक्तिलाई पक्राउ गरेका थिए । थापा हातहतियार खरखजाना मुद्दामा धरौटीमा छुटेको अभिलेख प्रहरीमा रहेपनि पूर्ण फैसलाका बारेमा प्रहरी बेखबर देखिएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया