सांसद कोमल वलीद्वारा ‘सिनेप्लेक्स’को उद्घाटन

सांसद कोमल वलीद्वारा ‘सिनेप्लेक्स’को उद्घाटन

केन्द्रबिन्दु
0
Shares

दाङ्मा अत्याधुनिक सुविधासम्पन्न ‘मनकाशी सिनेप्लेक्स’ संचालनमा आएको छ । शुक्रवार एक कार्यक्रमका बीच राष्ट्रिय सभा सदस्य कोमल ओलीले सिनेप्लेक्सको उद्घाटन गरेकी हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद वलीले दाङमा अत्याधुनिक र सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा आउनु खुसीको कुरा भएको बताइन। उनले मनोरञ्जनको पुर्वाधार निर्माणमा यो सिनेमा हलले नयाँ इट्टा थपेको भन्दै दाङको विकास र समृद्धिको महत्वपुर्ण आधार भएको बताइन ।

सांसद ओलीले दाङलाई राजधानी बनाउन आफ्नो तर्फवाट लविङ गरीरहेको पनि बताइन् । राजधानी तोक्ने काम प्रदेश सभाको भएको बताउंदै वलीले दङ्गालीले आफुले जिताएका जनप्रतिनिधिप्रति विश्वास गर्न आग्रह गरिन् ।

करीब तीन करोडको लगानीमा सञ्चालन गरिएको अत्याधुनिक सिनेप्लेक्समा पारिवारिक, स्वच्छ र सुविधासम्पन्न वातावरणमा सिनेमा हेर्न सकिनेछ । सपिङ मल मनटावर एवं मनकाशी सिनेका सञ्चालक सुनिल राजभण्डारीका अनुसार सिनेप्लेक्समा अध्याधुनिक साउण्ड स्टिम, डिजिटल एचडी प्रोजेक्टर जस्ता नया प्रविधिहरु प्रयोग भएकाले उच्च क्वालिटीमा नेपाली, हिन्दी र अंग्रेजी सिनेमाहरु हेर्न सकिनेछ ।

सिने कम्प्लेक्समा प्रयोग भएका प्रविधिहरु काठमाडौंका सिनेप्लेक्सहरुमा भन्दा पनि नया भएको उनको दाबी छ । त्यस्तै एसी जडित, आरामदायी कुर्सी र सुविधा सम्पन्न क्याफे भएकाले आरामदायी वातावरणमा सिनेमाको भरपुर मनोरञ्जन लिन सकिने छ भने व्यवस्थित पार्किङका लागि अन्डरग्राउण्ड पार्किङको पनि सुविधा छ ।

एक सय ५० जना सिट संख्या रहेको सिने कम्प्लेक्सको शुल्क दुई सय ५० र तीन सय रुपैया रहेको छ । अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल लगायतको उपस्थित थियो।

Logo