डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, चलाइयो एन्टिबायोटिक औषधि

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, चलाइयो एन्टिबायोटिक औषधि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विगतमा भएको सहमति अनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन माग राखेर विगत १० दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले केसीको अवस्था गम्भीर रहेको जनाएको छ । इलाममा अनशन बसेका डा. केसीलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार राति हेलिकोप्टरमा ल्याएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको छ ।

केसीको स्वास्थ्य अवस्थाबारे अस्पतालका निर्देशक डा. प्रेम खड्कले भने, ‘स्वास्थ्य गम्भीर रहेको उपचारमा संलग्न मेडिकल टोलीले जानकारी गराएको छ ।’ खड्काका अनुसार केसीको रगतमा ग्लुकोज र फोस्फोरसको मात्रा कम भइसकेको छ । उनको फोक्सोमा पनि संक्रमण भएकाले एन्टिबायोटिक औषधि चलाइएको छ । शरीरमा अक्सिजनको मात्रा र रक्तचाप पनि घटेको छ । केसीलाई मेडिकल चिकित्सकको निगरानीमा राखिएको निर्देशक खड्काले बताए । केसीको शुक्रबारको स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको बुलेटिन त्रिवि शिक्षण अस्पतालले आइसियू कक्षबाहिर पनि टाँसेको छ ।

केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालका चिकित्सकको एक टोली बनाइएको छ । उपचार टोली संयोजकमा आइसियू तथा क्रिटिकल केयर विशेषज्ञ डा. सुवास आचार्य छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट इलाम खटिएको विशेषज्ञ चिकित्सक टोलीले केसीको स्वास्थ्य अवस्था गम्भीर भएको बताएपछि उनलाई काठमाडौं ल्याइएको हो ।
नागरिकबाट

Skip This
Skip This
Logo