देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
सांसदले के सोधे ? प्रधानमन्त्रीले के जवाफ दिए ? (पूर्ण पाठसहित)
आजबाट संसदमा ‘प्रधानमन्त्री-सांसद प्रश्नोत्तर’ कार्यक्रम सुरु भएको छ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक घण्टाको समय दिएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका छन् । यसमा पुरक र प्रतिप्रश्न सोध्न नपाइने नियम छ । प्रधानमन्त्री ओलीले थुप्रै सांसदले उठाएका प्रश्नको जवाफ दिएका छन् । आजको बैंकठमा सत्तारुढ र प्रतिपक्षगरी ९ सांसदले प्रधानमनत्रीलाई प्रश्न गरेका छन् । उनीहरुले गरेका सबै प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएका छन् ।
पार्टी विभाजनपछि माफी माग्दै रबीन्द्र मिश्रले लेखे खुलापत्र
पार्टी विभाजन भएको एक सातापछि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सदस्य र शुभेच्छुकको नाममा खुलापत्र लेखेका छन्। पत्रको सुरुमै सबैसँग माफी मागेका छन् । अर्का संयोजक उज्वल थापासहित केही नेताहरु पार्टी विभाजन गरेर अलग भएपछि मिश्रले पार्टी सदस्य र शुभेच्छुकको नाममा खुलापत्र लेख्दै हृदयदेखि नै क्षमायाचना गरेका छन्।
हत्यापछि शवसँग ‘सेल्फी’
दुई अभियुक्तले एक व्यक्तिको हत्या गरेर शवसँग सेल्फी खिचेको फेला परेको छ । प्रहरीमा भर्ना गराईदिन नसक्नेभएपछि सुर्खेत सिम्ता गाउँपालिका २ का दीपकसिंह ठकुरीको हत्या गरेर दुई अभियुक्तले शवसँग सेल्फी खिचेको पाईएको हो ।
सचिव कुट्ने मन्त्री विजय यादवको यस्तो धन्दा
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि कुटपिट गरे । जुन अहिले निकै चर्चामा छ ।
सरकारले रोजगारी र बेरोजगारी भत्ता दिने, ७५३ कर्मचारी माग
सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको थियो ।
इन्डाेनेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश
थाइल्याण्डमा जारी टी–२० म्स्याक क्रिकेट प्रतियोगिताको नेपाल फाइनलमा प्रवेश गरेको छ । सन् २००७ देखि अन्तराष्ट्रिय सहभागिता जनाएको नेपाल १२ बर्षपछि सिनीयर महिला क्रिकेटको फाइनलमा पुगेको हो ।
रोजगार संयोजक छनोट प्रक्रिया सबै कम्प्युटरबाट, के काम गर्नुपर्छ ?
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रोजगार संयोजक नियुक्त गर्न आवेदन खुलेको छ । प्रत्येक स्थानीय तहअन्तर्गत रहने रोजगार सेवा केन्द्रको रोजगार संयोजकको अस्थायी दरबन्दीका लागि शुक्रबारदेखि आवेदन खुला गरिएको हो ।
जब कांग्रेस नेता सरकारी गाडी फिर्ता गर्दै अटो रिक्सामा घर गए
पाँच नम्बर प्रदेशका प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन् । प्रदेश सभाले खरिद गरेका गाडीमा अनियमितता भएको आशंकामा सार्वजनिक लेखा समितिले अध्ययन थालिरहेको बेला उनले गाडी सचिवालयमा नै फिर्ता गरेका हुन् ।
डा केसीको अवस्था जटिल बनेपछि हेलिकप्टर मार्फत रातीनै काठमाडौं ल्याइयो
उच्च अदालतका नौ जना न्यायाधीशको सरुवा
अब महिला प्रहरीलाई ९८ दिन प्रसूति बिदा (प्रहरी नियमावली संशोधन)
तातोपानी नाकाको समयमै काम सक्न निर्देशन
ति बिदा (प्रहरी नियमावली संशोधन)
गोविन्द केसीबिरुद्ध अनसन बस्ने थापालाई पनि काठमाडौँ ल्याइयो
सामूहिक बलात्कारपछि हत्या गर्ने व्यक्ति १० वर्षपछि पक्राउ
कुलमान घिसिङ सम्मानित, उपराष्ट्रपतिले दिए सम्मान पत्र
सामाखुसीको नालीभित्र भेटियो पुरुषको शव
डा. केसीलाई भेट्न गगन थापा शिक्षण अस्पताल पुगे
गगन थापालाई प्रधानमन्त्रीको प्रतिप्रश्न, ‘एकजना अनशन बस्दा देशै ठप्प हुने ?’
विरालो मार्ने चालकलाई अदालतबाट २ वर्ष जेल सजायँको फैसला
प्रियंकालाई श्रीमान निकले गिफ्ट दिए ४६ करोडको महल
दीपिका पछि उनका पूर्वप्रेमी निहार पाण्डे पनि विवाह गर्दै
फ्राइडे फिल्म: ‘गरुड पुराण’ को सोलो प्रदर्शन
श्रीमतीलाई खुसी बनाउँन के गर्ने के नगर्ने ? (१५ टिप्स)
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया