गर्भवती बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल

गर्भवती बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल

केन्द्रबिन्दु
0
Shares

क्वालालमपुर । गर्भवती विरालो मारेको अभियोगमा एक ट्याक्सी चालकलाई २ वर्षको जेल सजाय तोकिएको छ । गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले ४२ वर्षीय ट्याक्सी चालक मोहनराजलाई जेल सजायको फैसला गरेको हो ।

जनावर अधिकारवादी कानुन व्यवसायी ए. मोहनराजले अनावश्यक रूपमा चालकले गर्भवती बिरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गरेका थिए ।

क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा उनले विरोलो मारेका थिए । बिरालोको हत्या सम्बन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए ।

एक जना महिलाले मारिएको त्यो बिरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् । दोषी ठहरीएका मोहनराजले आफूले जानीजानी बिरालोको हत्या नगरेको बताएका थिए । तर उनको आग्रह र दाबीलाई अस्वीकार गर्दै अदालतले दुई वर्षे जेल सजाय सुनाएको हो ।

Skip This
Skip This
Logo