काठमाडौं । रामेछाप खाँडादेवी गाउँपालिका ७ ताल्धुङका पुर्ण तामाङ विगत १२ वर्षदेखि ट्याक्सी चलाउँदैं आएका छन् । उहाँले आफ्नो पेशाको आधा समय त विदेशमा विताउनुभयो । उहाँले करिब ६ वर्ष विदेशमा ट्याक्सी चलाउनुभयो ।
नेपालमै केही गरौं, आफ्नो घरपरिवार, श्रीमती, छोराछोरीसँग बसेर एकै छाँक भएपनि सुःख दुःख बाँडेर खाउँ भन्ने मनसायका साथ उहाँ नेपाल फर्किनियो । घर परिवार तथा आफ्नो गुजारा चलाउन नेपाल फर्किएर पनि उहाँले आफ्नै पेशामा फर्किनुभयो । यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर ट्याक्सी चलाउँदैं आउनुभएको छ ।
ट्याक्सी चालक उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा संघका महासचिव समेत रहेका तामाङ सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । उहाँले विदेश अनुभवलाई एकदमै राम्रो मानेका छन् । विदेशमा ट्याक्सी चलाउँदा उहाँलाई एकदमै सजिलो भयो । नीति नियम तथा सिस्टम चल्दा एकदमै राम्रो लाग्थ्यो । तर नेपाल फर्किएपछि सानो केही हुँदा पनि ट्याक्सीकै दोष मानिन्छ, जुन कुराले उहाँलाई चित्त दुख्छ ।
नेपालमा नीति नियम नै नभएको उहाँको दावी छ । यहाँ कोही पनि जिम्मेवार नभएको उहाँको ठहर छ । ‘सरकार पनि जिम्मेवार छैन्, ट्याक्सी चालक पनि जिम्मेवार छैनन् । सरोकारवाला निकाय गैरजिम्मेवार हुँदा सेवाग्राहीले दुःख पाईरहेका छन्’ उहाँको भनाई छ ।
ट्याक्सी चालकमाथि जुन ठग, लुटेरा जस्ता ट्याग भिराईदिईएको छ त्यो बाट उहाँलाई निकै दुःखी बनाएको छ । एक दुई चालक खराब हुँदैंमा सबैमाथि ठग, लुटेराको ट्याग लगाईनु गलत भएको उहाँको दाबी छ ।
आफुहरुको दुःख पिर मर्का कसैले पनि सुन्न नसकेको भन्दै सेवाग्राहीको भरमा आफुहरु बाँचिरहेको उहाँको भनाई छ । नेपालका आम जनता एकदमै राम्रा छन् । अझ भनौं भगवान नै भन्दा फरक पर्दैन् । उहाँहरुले नै दिएको पैसाले हामीले हाम्रो घर परिवार पाल्दैं आएका छौं । सरकारी नीति अनुसार चल्ने हो भने त हामी आत्महत्या गर्नुको विकल्प नै छैन् ।
वैज्ञानिक भाडादर लागू नहुँदा आफुहरु यात्रुको नै भर पर्नुपरेको उहाँको भनाई छ । सरोकारवाला निकाय ट्याक्सी चालकलाई दोषी बनाएर उम्कन खोजिरहेको भन्दै यसले सम्मानित पेशा नै बदनाम बन्दै गएको उहाँको भनाई छ । थप तलको भिडियोमाः





























प्रतिक्रिया