काठमाडौं । संसदीय सुनवाइ विशेष समितिले फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।
बिहीबार सिंहदरवारमा बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाममाथि सुनुवाइ गर्दै सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
मन्त्रिपरिषदले फ्रान्स र थाइल्याण्डसहित विभिन्न देश तथा नियोगका लागि ५ जनालाई राजदूतमा सिफारिस गरेको थियो। अन्य ३ जनाको सुनवाइ माघ ८ गतेको बैठकमा गरिने सभापति कर्णको भनाई छ ।





























प्रतिक्रिया