प्रधानमन्त्रीलाई चोभारवासीको कालोझण्डा, २३ जना पक्राउ

प्रधानमन्त्रीलाई चोभारवासीको कालोझण्डा, २३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

चोभारमा सुख्खा बन्दरगाह शिलान्यास गर्न जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन प्रदर्शनमा उत्रेका स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ।  विरोधका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ ।

राजधानीको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् ।

चोभार संरक्षण समितिको अगुवाइमा बिरोध कार्यक्रम आयोजना भएको हो।  समितिले हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गा समस्या, कर्मचारीको समस्या र स्थानीय जनताको माग समाधानपछि मात्रै सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउने जनाएको छ।  तर सम्झौता बिपरित प्रधानमन्त्रीले बन्दरगाह निर्माणको शिलान्याय गर्ने कार्यक्रम तय भएकाले विरोधमा उत्रिनु परेको उनीहरुको भनाइ छ ।

स्थानीयको विरोधका कारण प्रधानमन्त्रीले शिलान्याश गर्ने भनिएको सुख्खा बन्दरगाह शिलान्यास कार्यक्रम ढिलो हुन् पुगेको छ ।

Logo