१ सय ६८ जनामा इन्फ्लुएन्जा भएको पुष्टी

१ सय ६८ जनामा इन्फ्लुएन्जा भएको पुष्टी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १ सय ६८ जना बिरामीमा इन्फ्लुएन्जा भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको उक्त महाशाखाले बुधबार जारी गरेको प्रेस विज्ञप्तीका अनुसार नेपालमा स्वाइनफ्लुको नामले चिनीने इन्फ्लुएन्जा एचवान एन वान भाइरसका कारण एक जनाको मृत्यु भएको छ भने गत मंसिरदेखी पौष २६ सम्म ३ सय ३४ जना बिरामीको र्यालको नमुना परीक्षण गर्दा १ सय ६८ जनामा इन्फ्लुएन्जा प्रमाणित भएको छ । तीमध्ये १ सय ४६ जनामा इन्फ्लुएन्जा ए एचवान एनवान पीडिएम सून्य नाइन, ९ जनामा इन्फ्लुएन्जा ए एच थ्री र १३ जनामा इन्फ्लुएन्जा बी प्रमाणित भएको हो ।

महाशाखाले उक्त रोग मानिसबाट मानिसमा सर्ने सिजनल इन्फ्लुएन्जा भएको जनाउँदै बिशेषगरी गर्भवती महिला, ५ वर्ष मूनिका बालबालिका, ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक, रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरु र मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धिरोग, दम र अन्य श्वास प्रश्वास सम्बधि दीर्घरोगीमा बढी जोखिम बढी हुने भएकाले सचेत हुन आग्रह गरेको छ ।
नेपाल समाचारपत्रबाट

Logo