देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
१ लाख रुपैयाँ घुस लिने आमा छोरी अख्तियारको नियन्त्रणमा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस खाएको आरोपमा आमाछोरीलाई पक्राउ गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी र उनकी छोरी पोषणलाई घुस रकमसहित पक्राउ गरेको हो ।
‘बमजनको आश्रमबाट कोही बेपत्ता भएको छैन’- बोधि श्रवण धर्म संघ
बोधि श्रवण धर्म संघले बौद्ध धर्मगुरु रामबहादुर बमजनको आश्रमबाट कोही बेपत्ता नभएको दाबी गरेको छ । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर बम्जनमाथि झुटो आरोप लगाएको बताएको छ । पत्रकार सम्मेलनमा संघ प्रवक्ता मणि लामाले घटनाको निष्पक्ष र न्यायिक छानबिनको माग गर्दै भने, ‘‘आश्रमबाट कोही बेपत्ता भएको छैन । प्रहरीमा पनि हराएको भन्ने कुनै उजुरी छैन ।’’
विवेकशील साझा पार्टीको महत्वपूर्ण ९ निर्णय
विवेकशील साझा पार्टीको दुइ दिने केन्द्रिय समिति बैठक सम्पन्न भएको छ। बैठकले बिभिन्न ९ वटा निर्णयहरु गरिएको जनाएको छ। पार्टीले आगामी बर्षको फाल्गुन १५ गतेदेखि १९ सम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने भएको छ। त्यसै गरि बिभिन्न पदका लागि संयोजकहरु तोकिएको छ भने मधेश मिसनदेखि सार्वजनिक कार्यक्रमको आयोजना गरिने सम्मका निर्णयहरु भएका छन्।
यी हुन् विश्वको सात प्राकृतिक आश्चर्य (भिडियो रिपोर्ट)
संसारमा प्राकृतिक सुन्दरताको कतै पनि कमि छैन । विश्वमा यस्ता धेरै ठाउँहरु छन्, जुन प्राकृतिक विविधताले भरिएका छन् । विश्व प्राकृतिक विविधताको भण्डार नै हो । हाम्रो सोच भन्दा बाहिर त्यस्ता धेरै ठाउँहरु छन् । जुन, सुन्दा पनि अचम्म लाग्न सक्छ । संसारमा यति धेरै प्राकृतिक सुन्दरताले भरिएको छ, जसलाई देखेर हाम्रो मन भरिदैन् ।
विश्वकै पुरानो ग्रन्थ बेद छोएर अमेरिकी सांसदले लिए सपथ
नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीले बेद छोएर सपथ ग्रहण गरेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठबाट निर्वाचित भण्डारीले विश्वकै पुरानो ग्रन्थ बेद छोएर सपथग्रहण गरेका हुन् । भण्डारीले जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा सपथ ग्रहण गरेका थिए ।
के हो सचिव झाले नै कुटाई खाने एनजिओको लफडा ?
प्रदेश २ मा एक सचिव मन्त्रीबाटै कुटिए । जुन खबरले यतिबेला चर्चा पाईरहेको छ । प्रदेश २ का आर्थिम योजना तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरे । आफुले भनेको एनजिओको काम नगरिदिएको भन्दै मन्त्रीले कुटेको आरोप सचिव झाको थियो ।
घलेम्दीको आइपीओ तपाईलाई २० कित्ता पर्यो कि ३० ? यसरी हेर्नुहोस् नतिजा
घलेम्दी हाइड्रो लिमिटेडको आइपीओ बाँडफाँड गरिएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक भिबोर क्यापिटलको कार्यालयमा मंगलबार बिहान आइपीओ बाँडफाँड गरिएको हो । आइपीओ बाँडफाँड नतिजा अनुसार ५४ हजार ६९२ जनाले ३० कित्ता सेयर पाएका छन भने १० हजार ६९९ ले २० कित्ता पाएका छन। सबै आवेदकलाई २० कित्ता शेयर बाँडफांड गरेपछि बाँकि रहेको कित्ता गोलाप्रथाबाट बाँडिएको हो। कुल आवेदक मध्ये ५४ हजार ६ सय ९२ जनाको आवेदन सदर भएको छ भने २६ जनाको आबेदन रद्द भएको छ।
कठ्याङ्ग्रिँदो चिसोमा पनि महिनावारी हुँदा खुला आकाशमूनि
सुनको भाउ ६ बर्ष यताकै महँगो
शेयर बजार आज पनि दोहोरो अंकले वृद्धि
तरुल, चाकु, लड्डु र फुलौरा खाँदाका फाइदाहरु
पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघे सङ्क्रान्ति !
गोविन्द केसीको अनसनबारे के भन्छन् इलामका बुद्धिजीवीहरु ?
नेपाली युवतीलाई दिल्ली पुर्याए बापत ६ लाख कमिसन !
काठमाडौंमा यसरी मनाईयो राष्ट्रिय योग दिवस (भिडियोमा)
रामकुमार डल्लाकोटी धादिङ उद्योग वाणिज्य संघको खुल्ला सदस्यमा सबैभन्दा बढी मतले विजयी
एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु
शेयर बजार आज पनि दोहोरो अंकले वृद्धि
रवीन्द्र मिश्र र रञ्जु दर्शना बारे भ्रामक समाचार लेख्ने पत्रकार पक्राउ
माघे सङ्क्रान्तिमा सिस्नु नछोए सुँगुर हुने !
हजारौँको अगाडि मेयरको हत्या
‘किक २’ मा दिशा पटानी र सलमान खानको जोडी
स्विमिङ पुलमा फरहान र शिबानीको यस्तो रोमान्स
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया