नेपाली किशोरी भारतका कोठीमा बेच्ने धरानका सन्तोष राई पक्राउ

नेपाली किशोरी भारतका कोठीमा बेच्ने धरानका सन्तोष राई पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतको बेश्यालयहरुमा लगेर नेपाली किशोरी बिक्री गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान–१७ का ३१ वर्षीय छोङहाङ राई भनिने सन्तोष राई छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले राईलाई धरान–१७, धनकुटे रोडबाट पक्राउ गरेको हो ।

राईले नेपाली बालिका तथा किशोरीलाई रोजगारी लगाइदिने प्रलोभनमा पारेर नयाँ दिल्लीस्थित जीबी रोडको बेश्यालयमा बिक्री गर्ने गरेको खुलेको ब्यूरोका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उनले बोर्डर पास गराएर ६ लाख रुपैयाँमा नेपाली किशोरीलाई बिक्री गर्ने गरेको खुलेको छ ।

Skip This
Skip This
Logo