तेस्रो मुलुकमा घट्यो, छिमेकमा बढ्यो : पस्मिना निर्यात

तेस्रो मुलुकमा घट्यो, छिमेकमा बढ्यो : पस्मिना निर्यात

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

केही वर्ष अघिसम्म अन्तर्राष्ट्रिय बजारमा निकै रुचाइएको नेपाली पस्मिनाको युरोपेली मुलुकमा निर्यात खुम्चँदै गए पनि पछिल्लो समय छिमेकी मुलुक चीन र भारतीय बजारमा भने रुचाइन थालेको छ ।

निर्यातको ‘भल्युम’का आधारमा तेस्रो मुलुकभन्दा छिमेकी मुलुकमा कम भए पनि झिनो सुधारको संकेत देखिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकले छिमेकी मुलुकमा पस्मिनाको निर्यात बढेको र तेस्रो मुलुकमा केही खस्किएको देखाएको छ । नेपाली पस्मिनाको टे«डमार्क दर्ता भएर बजारीकरण हुन थालेपछि सुुधार देखिनेमा व्यवसायीहरु आशावादी थिए । तर यसले पनि सुधार ल्याउन सकेको देखिँदैन ।

छिमेकी मुलुक चीनमा सन् २०१७/१८ मा ७७ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्ष २५ करोड रुपैयाँको पस्मिना निर्यात भएकोमा गत वर्ष २०४.४ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी सन् २०१६/१७ मा ५० करोड रुपैयाँको निर्यात भएको थियो । अर्को छिमेकी मुलुक भारतमा सन् २०१७/१८ मा ८० करोड रुपैयाँको पस्मिना निर्यात भएको छ । अघिल्लो वर्ष ७२ करोडको निर्यात भएकोमा ११.२ प्रतिशतले वृद्धि भएको हो । सन् २०१६/१७ मा पनि ७२ करोड रुपैयाँकै पस्मिना निर्यात भएको थियो । विश्वका ४७ मुलुकमा नेपाली पस्मिना निर्यात हुने गरेको छ ।

तेस्रो मुलुकतर्फको व्यापारमा भने निर्यातको अवस्था खस्किएको छ । सन् २०१७/१८ मा तेस्रो मुलुकमा २ अर्ब १२ करोडको पस्मिना निर्यात भएको छ । अघिल्लो वर्ष २ अर्ब ३५ करोड निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष पस्मिना निर्यातमा ९.७ प्रतिशत गिरावट आएको हो । सन् २०१६ मा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको पस्मिना तेस्रो मुलुक निर्यात भएको थियो ।
कारोबारबाट

Logo