उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

केन्द्रबिन्दु
0
Shares

परासी

अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक भएको पाइएको छ । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक भएका हुन् ।

गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उनलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उपचारको खर्च करीब नौ लाख रूपैयाँ लागेकोमा बिरामी पक्षले अहिलेसम्म चार लाख तिरेको उनकी श्रीमती ज्ञान बेलदारले जानकारी दिइन् ।

बाँकी पाँच लाख अस्पताललाई तिर्न नसकेपछि पछिल्लो दुई महीनादेखि बेलदार अस्पतालमा नै बन्दी बनेको बेलदारकी श्रीमती ज्ञानले गुनासो गरिन । ठेकेदार थगवा चौधरी ट्र्याक्टरले खेत जोत्दै गर्दा बेलदार ट्र्याक्टरबाट खेसेर ट्र्याक्टरको हलोमुनि परी गम्भीर घाइते भएका थिए ।
नागरिकबाट

Logo