काठमाडौं
सरकारले गत असार मसान्तभित्र सात सय ५३ वटै स्थानीय तहमा बैंक पुर्याउने घोषणा गरेको थियो । अझै ५४ वटामा पुग्न बाँकी छ । ढिलै भएपनि ६ सय ९९ स्थानीय तहले बैंकिङ सेवा पाएका छन् ।
डेढ वर्षको अवधिमा वाणिज्य बैंकहरूले चार सय चार स्थानीय तहमा शाखा विस्तार गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले गत आर्थिक वर्षको बजेटमा सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउने लक्ष्य अघि सारेको थियो । त्यसबेला दुई सय ९५ स्थानीय तहमा मात्र बैंक शाखा थिए । शाखा खोल्न निर्देशन दिइएका मध्ये कतिपय बैंकका धेरै र कतिपयका केही स्थानमा शाखा विस्तार गर्न बाँकी छ ।
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बाँकी स्थानीय तहमा पनि बैंक पुर्याउन पहल भइरहेको जानकारी दिए । कृषि विकास बैंकले नौ स्थानीय तहमा शाखा विस्तार गर्न बाँकी छ । नेपाल एसबीआई बैंकले आठ, बैंक अफ काठमाडौं र सेन्चुरी कमर्सियल बैंकले पाँच÷पाँच स्थानीय तहमा शाखा विस्तार गर्न बाँकी छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया