नेपाली कांग्रेसको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक अन्तत: बहुमतले पारित भएकाे छ। प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिकाे आजकाे बैठकले एकपक्षीय रुपमा विधेयक पारित गरेको हो। उपत्यका बाहिर सम्बन्धन दिनसक्ने प्रावधानसहित चिकित्सा शिक्षा विधेयक पारित भएको हो।
डा गोविन्द केसीसँगको सम्झौता विपरीत विधेयक पारित भएको छ । यसरी विधेयक पारित भएकोमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले फरक मत राखेको छ। समितिको निर्णयप्रति आपत्ति जनाउँदै सांसद गगन थापाले सरकारले धोका दिएको टिप्पणी गरेका छन् ।
डा केसीले सहमति विपरीत विधेयक पारित भए अनसन बस्ने चेतावनी दिंदै आएका छन् ।





























प्रतिक्रिया