काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको मुद्धा दायर गरेको छ । आयोगले नेपाल आयल निगमका पूर्व प्रबन्ध निर्देशक गोपालबहादुर खड्काविरुद्ध बिगो र जरिवानासहित ३७ करोड ३२ लाख रुपैयाँ दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख बराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो । खड्कासँग २७ करोड ३० लाख ७५ हजार तीन सय ८० रुपैयाँ सम्पत्तिमध्ये आठ करोड ६४ लाख ६९ हजार सात सय ५१ रुपैयाँको मात्र स्रोत खुलेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता रामेश्वर दंगालले खड्काले सात करोडभन्दा धेरै सम्पत्ति अन्य व्यक्तिको नाममा लुकाएको दाबी गरे । उनलाई गत २ असोज ०७४ मा मन्त्रिपरिषद्ले बर्खास्त गरेको थियो । खड्काले भने गत जेठ २४ गते मात्र राजीनामा बुझाएका थिए । थप भिडियोमाः





























प्रतिक्रिया