लुम्बिनी आउने विदेशी पर्यटक बढे : स्वदेशी घटे

लुम्बिनी आउने विदेशी पर्यटक बढे : स्वदेशी घटे

केन्द्रबिन्दु
0
Shares

बुटवल

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढेको छ । तेस्रो मुलुक र भारतबाट आउने पर्यटक बढेका छन् तर नेपालीहरु भने घटेका छन् । सन् २०१८ मा १५ लाख ३४ हजार १ सय १० जना पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । भारतीय २४.५७ र तेस्रो मुलुकका १६.५४ प्रतिशतले बढेका छन् । नेपाली भने साढे ६ प्रतिशत घटेका छन् ।

सन २०१७ मा लुम्बिनीमा १५ लाख ५२ हजार ५ सय ८६ जना पर्यटक लुम्बिनी आएका थिए । जसमा तेस्रो मुलुकका पर्यटक १ लाख ४५ हजार ७ सय ९६ जना थिए । गतवर्षमा त्यो संख्या बढेर १ लाख ६९ हजार ९ सय ४ पुगेको छ । त्यस्तै भारतीय पर्यटक २०१८ मा १ लाख ९३ हजार ६ सय ३५ आएकोमा अघिल्लो वर्ष २०१७ मा १ लाख ५५ हजार ४ सय ४४ जना लुम्बिनी आएका छन् ।

लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटक मध्ये सबै भन्दा बढी श्रीलंकाका रहेका छन् । श्रीलंकाबाट २०१८ मा ५९ हजार ९ सय ५९ जनाले भ्रमण गरेका छन् । त्यसपछि थाइल्याण्डबाट २६ हजार ६ सय ७७, म्यानमारबाट २५ हजार ३ सय ३३ र चीनबाट १८ हजार ४ सय ६० जनाले भ्रमण गरेका छन् । यी ४ वटै मुलुकका पर्यटक अघिल्लो वर्षको तुलनामा बढेका छन् । सबै भन्दा बढी १० हजार म्यानमारका पर्यटक बढेका हुन् । भियतनाम, दक्षिण कोरिया, जर्मनी, कोलम्बीया, मलेशीया र फ्रान्स लुम्बिनीमा धेरै पर्यटक आउने मध्ये दशौं स्थानसम्मका तेस्रो मुलुक हुन् ।
अन्नपूर्णबाट

Logo