काठमाडौं
नेपाली बजारमा १ हजार ३ सय प्रकृतिका औषधि बिक्री भइरहेका छन् । तर ती मध्ये बढी प्रयोगमा आउने ९६ प्रकृतिका औषधिका मात्र अधिकतम मूल्य निर्धारण गरिएको औषधि व्यवस्था विभागले जनाएको छ । बाँकी १ हजार २०४ प्रकृतिका औषधिको मूल्य निर्धारण नै भएको छैन । ती औषधि मूल्य निर्धारणबिना नै बिक्री भइरहेका छन् । विभाग आफैं क्रियाशील नहुँदा पनि मूल्य निर्धारण कार्य अघि नबढेको औषधि व्यवसायी बताउँछन् ।
२०७३ सालमा औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक बालकृष्ण खकुरेलको नेतृत्वमा औषधिको मूल्य निर्धारण गरिएको थियो । त्यसयता दुई वर्षदेखि औषधिको मूल्य निर्धारण नहुँदा कम्पनीपिच्छे औषधिको मूल्य फरक–फरक पाइएको छ ।
ग्यास्ट्रिकका लागि प्रयोग हुने पेन्टोप्राजोल औषधिको मूल्य आठ रुपैयाँ तोकिएको थियो । तर समायोजनमा नपरेको ग्यास्ट्रिककै लागि प्रयोग हुने ¥याबिप्राजोल प्रतिट्याब्लेट १० रुपैयाँ र एसमोप्राजोल प्रतिट्याब्लेट ११ रुपैयाँमा बिक्री भइरहेको छ । पेन्टोप्राजोल नेपालकै औषधि कम्पनीबाट उत्पादन हुन्छ भने एसमोप्राजोल र ¥याबिप्राजोल भारतीय कम्पनीले उत्पादन गर्छ ।
औषधि ऐन २०३५ मा विभागले आवश्यक देखेमा सरकारको स्वीकृतिमा औषधिको मूल्य निर्धारण गर्न सक्ने उल्लेख छ । ऐनको यो प्रावधान अनुसार पनि औषधिको मूल्य निर्धारणको अधिकार विभागमा छ । तर विभागले चासो नदिँदा अधिकांश औषधिको मूल्य निर्धारण हुन सकेको छैन । मूल्य निर्धारण नभएका कारण उपभोक्ताले बजारबाट मनपरी मूल्यमा औषधि खरिद गरिरहनुपरेको छ ।
राजधानीबाट





























प्रतिक्रिया