विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा बर्खास्त

विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा बर्खास्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई राजदूतबाट बर्खास्त गर्ने निर्णय गरेको हो । शेर्पाविरुद्ध मानव बेचबिखनको आरोप लागेको छ ।

उनकै पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि विवादमा परेकी उनलाई केही समयअघि परराष्ट्र मन्त्रालयमा बोलाएर सोधपुछ गरिएको थियो ।

विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो । परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले राजीनामा नदिएपछि सरकारले बर्खास्त गरेको हो ।

राजदूत विवादमा परेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षीय सांसदहरुले छानबिनको माग गरेका थिए ।
राजधानीबाट

Logo