केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

लेखा समितिको सिफारिसदेखि सर्वोच्चको आदेशसम्म

लेखा समितिको सिफारिसदेखि सर्वोच्चको आदेशसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

१८ करोड बढी सम्पत्ति आर्जन गरेको भन्दै गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आउँदो फागुनमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले आउँदो फागुन महिनामा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भएको छ ।विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले क्याम्पसहरुमा परिपत्र गरी स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको हो ।

सर्वोच्चद्वारा तल्लो अदालतकै आदेश सदर, रेशम चौधरी जेलमै

सर्वोच्च अदालतले रेशम चौधरीको मुद्धामा तल्लो अदालतकै आदेश सदर गरेको छ। सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले कैलाली जिल्ला अदालतको आदेश नै सदर गरेको हो । सर्वोच्चले २०७४ फागुन १४ को जिल्ला अदालतको आदेश र उच्च अदालत दिपायलको २०७४ चैत २२ को आदेश उपयुक्त देखिने जनाएको छ ।

वाइडबडी प्रकरणमा पूर्वसचिवद्वारा कंसाकारको बचाउ

सार्वजनिक लेखा समितिले वाईडवडी विमान खरिद अनियमिततामा मुख्य दोषी रहेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिएपछि एक जना पूर्वसचिवले आक्रोश व्यक्त गरेका छन्। पूर्वसचिव भिम उपाध्यायले नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारको बचाउ गर्दै सरकारको आलोचना गरेका हुन्। एक घण्टाको बिचमा २ ओटा स्टाटस लेख्दै उपाध्यायले सबै कुरा मनगढन्ते जस्तो लागेको बताएका छन्।

रबिन्द्र अधिकारीसहित २ पूर्वमन्त्रीलाई कारवाही गर्न लेखा समितिको सिफारिस

सार्वजनिक लेखा समितिले वाईडवडी विमान खरिद अनियमिततामा मुख्य दोषी रहेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई हदैसम्मको कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

२५ हजार घुस मागेर कपी परीक्षण गर्ने त्रिविका दुई विशेषज्ञ पक्राउ

विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्ने दुई जना पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट रहेका छन् । उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

वाइडबडी खरिदबारे मन्त्री अधिकारीको स्पष्टीकरणः ‘अनुमान र पूर्वाग्रहका आधारमा नाम जोडियो’

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी खरिद प्रक्रियामा आफ्नो नाम मुछिएको सम्बन्धमा स्पष्टिकरण दिएका छन् । वाइडबडी खरिद प्रक्रियाका सम्बन्धमा संसदीय उपसमितिले दिएको प्रतिवेदनबारे मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएका हुन् । जहाज खरिद प्रक्रियामा विभागीय मन्त्रीको हैसियतले पाउने नैतिक जिम्मेवारी बाहेक अन्य संलग्नता नरहेको मन्त्री अधिकारीले प्रष्ट पारे ।

सरकारले धोका दियो: गोविन्द केसी

डाक्टर गोविन्द केसीले आफुलाई सरकारले धोका दिएको बताएका छन्। सोमबार विहान पत्रकार सम्मेलन गदै डा केसीले सरकारले यस अघि आफुसंग गरेको सहमति बिपरित चिकित्सा शिक्षा विधेयक अघि बढाएको भन्दै बिरोध जनाएका हुन्।

सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न खोजिएको छ : नेता नेपाल

चन्द्रागिरी र सिमभन्ज्याङ्मा हिमपात

विद्यालयमा पढाउन छाडेर राजनीति गर्ने एक शिक्षक पक्राउ

कर्मचारीको समायोजन संविधानसम्मत गर्न निर्देशन

जेब्राक्रसिङ्मै ठक्कर दिंदा एकको मृत्यु, ४ जना घाइते

‘गुठीको जग्गा आँखा अस्पताललाई’- मन्त्री अर्याल

माधव नेपाल भन्छन्, ‘मलाई क्रिश्चियन धर्मसँग जोडियो’

कञ्चनपुरमा फेरि एक युवकको शव फेला, हत्या गरिएको आशंका

सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दा दुई हजार भन्दा बढी

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सहुलियत कर्जा, यी हुन् आवश्यक कागजात

रबिले दिए पूर्वपत्नीलाई मुखभरिको जवाफ (भिडियोमा)

अरबौँको भ्रष्टाचारमा सरकार किन मौन ? (भिडियोमा)

विष्णु माझीले मास्क खोलेर अनुहार देखाएपछि (भिडियोमा)

घरको शुन्यता अभिभावकको लागि खतरनाक, मानसिक रोगको शिकार

ग्याबोनमा सैनिक शासन लागु

‘सिरियाबाट सबै अमेरिकी सैनिक फिर्ता हुँदैनन्’ – ट्रम्पका सल्लाहकार

जब राजाले नै राजगद्दी त्यागे !

नवजात शिशुलाई चिसोबाट कसरी बचाउने ? (टिप्स)

घरको शुन्यता अभिभावकको लागि खतरनाक, मानसिक रोगको शिकार

टेष्ट क्रिकेटमा भारतलाई ऐतिहासिक सफलता, अष्ट्रेलिया आफ्नै मैदानमा पराजित

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo