सर्वोच्च अदालतले रेशम चौधरीको मुद्धामा तल्लो अदालतकै आदेश सदर गरेको छ।   सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले कैलाली जिल्ला अदालतको आदेश नै सदर गरेको हो । "/>

सर्वोच्चद्वारा तल्लो अदालतकै आदेश सदर, रेशम चौधरी जेलमै

सर्वोच्चद्वारा तल्लो अदालतकै आदेश सदर, रेशम चौधरी जेलमै

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले रेशम चौधरीको मुद्धामा तल्लो अदालतकै आदेश सदर गरेको छ।  सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले कैलाली जिल्ला अदालतको आदेश नै सदर गरेको हो । सर्वोच्चले २०७४ फागुन १४ को जिल्ला अदालतको आदेश र उच्च अदालत दिपायलको २०७४ चैत २२ को आदेश उपयुक्त देखिने जनाएको छ ।

टीकापुर घटनाका मुख्य आरोपी चौधरीमाथि कर्तव्य ज्यान मुद्दा दायर भएको छ । चौधरीमाथि जाहेरीकर्ताले किटानी पोल गरेको र सहअभियुक्तहरुले बयानमा पनि चौधरीको निर्देशनमा घटनामा संलग्न भएको बयान दिएको निर्णयमा उल्लेख छ।

जिल्लाको आदेशविरुद्ध चौधरी २०७५ असार ५ गते सर्वोच्च पुगेका थिए। लामो समय फरार रही आत्मसर्मपण गरेका चौधरीलाई पुस १९ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उनलाई सपथ गराएका हुन्।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको झडपमा एक बालकसहित ८ जनाको हत्या भएको घटनामा दोषी भन्दै जिल्ला अदालतले उनलाई थुनामा पठाएको थियो ।

Skip This
Skip This
Logo