काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नेपाल स्काउटलाई अन्तर्राष्ट्रिय स्काउटका मूल्य र मान्यता अनुसार चल्न निर्देशन दिएका छन् । मन्त्री विश्वकर्माले नेपाल स्काउट आफ्नो मूल्य र मान्यता भन्दा बाहिर नजाने विश्वास पनि व्यक्त गरे ।
आईतबार नेपाल स्काउट तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाउँदै उनले तदर्थ समितिलाई ढिलो नगरी नेपाल स्काउटको नयाँ निर्वाचित नेतृत्व चयन गर्ने कार्यमा ढिलाई नगर्न सचेत गराए ।
कार्यक्रममा बोल्दै नेपाल स्काउट तदर्थ समितिमा संयोजक भण्डारीले नेपाल स्काउटको मर्यादा कायम गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपाल स्काउटलाई संघीय ढाँचामा लैजाने गरी नयाँ संरचना तयार पारेर अघि बढाउने गरी निर्वाचनको तयारी गर्ने योजना पनि अघि सारे ।





























प्रतिक्रिया