काठमाडौँ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ ।
जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ । त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवितरणमा रोक लगाउनु पर्ने उनीहरूले बताएका छन् । बजारमा अहिले जिएमपी मापदण्ड पुग्न नसकेर नवीकरण हुन नसकेका २० भन्दा बढी कम्पनीका औषधि बिक्री भइरहेको छ ।
देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल) को डब्लुएचओको जिएमपी प्रमाणपत्रको म्याद २३ अक्टोबर २०१७ मा सकिए पनि मापदण्ड पूरा गर्न नसक्दा नवीकरण हुन सकेको छैन । बजारमा देउराली जनताले उत्पादन गरेका औषधि बिक्रीवितरण भइरहेका छन् । एभरेस्ट फर्मास्युटिकल्स प्रालिको १५ जुलाई २०१४ मा जिएमपी प्रमाणपत्रको म्याद सकिएको हो । उक्त फर्मास्युटिकल्सले जिएमपी मापदण्ड पूरा गर्न नसकेर नवीकरण भएको छैन ।
एभरेस्ट फर्मास्युटिकल्सका उत्पादन औषधि पनि बजारमा बिक्रीवितरण भइरहेको छ । मार्क फर्मुलेसन प्रालिको जिएमपी मापदण्डको म्याद सकिएको भन्डै पाँच वर्ष हुन लागेको छ । मार्कको जिएमपी प्रमाणपत्रको म्याद १५ जुलाई २०१४ मै सकिएको हो । विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्ड पूरा गर्न नसक्दा उक्त कम्पनीको जिएमपी प्रमाणपत्र नवीकरण भएको छैन । मार्कले उत्पादन गरेको औषधि पनि बजारमा पाइन्छ ।
नागरिकबाट





























प्रतिक्रिया