काठमाडौँ
व्यवसायी अजयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन् । सर्वोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन् ।
सर्वोच्चको आदेशसँगै सुमार्गी आफ्नो रोक्का रहेको रकम भुक्तानी माग गर्दै इन्भेस्टमेन्ट बैंक पुगेका थिए । उक्त बैंकले भुक्तानीका लागि केही दिनको समय मागेको थियो । तर सुमार्गीले ताकेता गरेपछि बैंकले उनको खातामा रहेको रकम लैजान बाटो खुला गरिदिएको बैंक स्रोतले बतायो । ‘अदालतको आदेश पालन नगरे अपहेलना मुद्दा हाल्ने धम्की आएपछि सुमार्गीको रकम इन्भेस्टमेन्ट बैंकले फुक्का गरिदिएको हो,’ बैंक स्रोतले भन्यो, ‘इन्भेस्टमेन्ट बैंकले सुमार्गीको खातामा रहेको रकम भुक्तानी गर्न राष्ट्र बैंकको अनुमति मागेको थियौ । तर राष्ट्र बैंकले निर्णय दिन ढिला गरेपछि इन्भेस्टमेन्ट बैंक स्वयंले भुक्तानी दिएको हो ।’
इन्भेस्टमेन्ट बैंकले राष्ट्र बैंकको अनुमतिका लागि निवेदन दिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । ‘गभर्नर त्यही बेलामा जिल्ला गएकाले बोर्ड बैठक बस्न सकेन, त्यही मौकामा सुमार्गीले आफ्नो रकम लगे छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘हामीले इन्भेस्टमेन्ट बैंकलाई दिउ पनि भनेनौं, नदिन पनि भनेनौं । तर राष्ट्र बैंक सुमार्गीको रकम भुक्तानी दिने पक्षमा थिएन ।’ राष्ट्र बैंक उच्च स्रोतले थप्यो, ‘गभर्नर चिरञ्जीवी नेपाल जिल्लाबाट फर्केर आउँदा सुमार्गीले रकम लगिसके छन् । रकम लगिसकेपछि निर्णय गर्नुको औचित्य हामीले देखेनौं ।’
नागरिकबाट





























प्रतिक्रिया