देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
जेल जादैं रेशम चौधरीको प्रश्न, ‘सांसदको शपथ खाएपछि जेल जानुपर्ने ?’
प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि रेशमलाल चौधरीले फेरि जेल नै जानुपर्ने भन्दै प्रश्न गरेका छन् । बिहीबार संसद सचिवालयमा सभामुख कृष्णबहादुर महरासँग शपथ ग्रहणपछि चौधरीले उक्त प्रश्न गरेका हुन् । उनले सपथ खुवाएपछि सांसदलाई फेरि कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरे ।
प्रदेश ३ को सरकारले कार्यपालिका सदस्यको तलब दोब्बरले बढायो
प्रदेश ३ सरकारले स्थानीय तहका नगर गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णय गरेको छ । बिहीबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णण गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
मेलम्चीको काम जापानिज कार जसरी दौडिरहेको छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गरे । उनले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीब्रता लिएको उल्लेख गर्दै समयमै यसले पूर्णता पाउने विश्वास पनि व्यक्त गरे । बिहीबार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले २७ वर्ष चिप्ले कीराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्षयता जापानिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको उल्लेख गर्दै अहिले अलिकति गतिरोध आएपनि त्यसलाई समयमै पूर्णता दिन सरकार प्रतिवद्ध रहेको पनि बताए ।
संसदमा धरहराको पुनःनिर्माणदेखि भारतीय गाडीसम्मका बिषय उठान
प्रतिनिधिसभाको आजको बैठकमा धरहराको पुनःनिर्माणदेखि भारतीय गाडीसम्मका बिषय उठान भएका छन् । सांसद डा मीनेन्द्रप्रसाद रिजालले भूकम्पको पुनःनिर्माणको रु दुई अर्ब ५० करोड कहाँ गयो भन्दै धरहरा पुनःनिर्माणलगायतका लागि सङ्कलन गरिएको पैसाको बारेमा सरकारसँग जानकारी माग गरे । त्यस्तै सांसद यशोदा गुरुङ सुवेदीले नेपालका नम्बर प्लेटको गाडी भारत लान नपाउने तर भारतको नम्बर प्लेटका गाडी चाँहि नेपाल गुड्ने व्यवस्थाका बारेमा सरकारको स्पष्ट धारणा माग गरिन् ।
शपथ खुवाउन माग गर्दै ‘दीपक मनाङे’ ले दिए निवेदन
सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ ले आफूलाई प्रदेश सदस्यको सपथग्रहण गराउन माग गर्दै गण्डकी प्रदेशको सभामुख कार्यालयमा निवेदन दिएका छन् । मनाङबाट निर्वाचित गुरुङले गत बिहीबार निवेदन दर्ता गराएका थिए। निवेदन माथि छलफल संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिए पनि सबै दलको प्रतिनिधित्व नभएपछि टुंगोमा पुग्न सकेन ।
टीकापुर घटनाको जिम्मेवारी अब प्रधानमन्त्रीको काँधमा- कांग्रेस
थुनामा रहेका राजपा नेपालका नेता रेशम चौधरीलाई शपथ खुवाउने सरकारको तयारीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । ‘मेरो उम्मेदवारी विदेशीने युवालाई रोक्न हो’: जंगबहादुर मल्ल
कञ्चनपुर उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ । यही माघ ५ गते हुन गईरकेको १६ औं कार्य समितिको चुनावी माहोल तातेको छ । चुनावको मिति नजिकिएसँगै उम्मेदवारहरु प्रचार प्रसारमा सक्रिय भएका छन् ।
चुनावको लागि उद्योग वाणिज्य संघका वर्तमान वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्ल, वर्तमान अध्यक्ष गणेशदत्त जोशी र व्यवसायी सन्जिव चन्द्र भट्ट अध्यक्षका दावेदार मानिएका छन् ।
नेकपाभित्र नयाँ पर्यटनमन्त्रीको खोजी, नेताहरुबीच जुहारी
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको खोजी सुरु भएको छ । वहालवाला मन्त्री रबिन्द्र अधिकारी वाइडबडी विमान घोटाला प्रकरणमा मुछिएपछि नयाँ मन्त्रीको खोजी सुरु भएको हो । संसदको सार्वजनिक लेखा समितिद्धारा गठित उपसमितिले वहालवाला मन्त्री अधिकारीसहित २ पूर्वमन्त्री र ३ सचिवलाई कारवाही सिफारिस गरेको छ ।
‘वाइडबडी प्रतिवेदन बाघकै जुँगा हो कि होइन छानविन होस्’- प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले वाइडबडी जहाज प्रकरणबारे संसदीय उपसमितिले सार्वजनिक गरेको प्रतिवेदनबारे मुख खोलेका छन्। ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममको २३औं श्रृखलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले संसदीय उपसमिति नै सर्वेसर्वा नभएको बताउदै प्रतिवेदन बाघकै जुँगा हो कि होइन भनेर छानविन हुन् बाँकी रहेको बताएका हुन्। उपसमितिको कार्यशैली प्रति असन्तुष्टि व्यक्ति गर्दै ओलीले भने, ‘उपसमितिले समितिलाई बुझाउन भन्दा पहिले अन्तै बुझायो कि के गऱ्यो ? पत्रपत्रिकामा समितिको सम्पत्ति कसरी बाहिर गयो? सत्य कुरा, तथ्य कुरा गयो भने ठिक छ। तर जाने प्रक्रिया हुन्छन् नि? लुकाउनका लागि त त्यो प्रतिवेदन थिएन। तर सार्वजनिक गर्ने पनि तरिका होलान् नि? त्यससम्बन्धमा उपसमिति नै सर्वेसर्वा हुँदैन। समितिमा बुझाउने हो त्यसको काम।’
घलेम्दी हाइड्रोको आईपिओ खुल्यो
घलेम्दी हाइड्रोले बिहिबार (आज) देखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँको १५ लाख ५५ हजार ७७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
आइसिसीले नेपाली क्रिकेटलाई एकमुष्ट तलब दिने, कसको कति ?
भारतीय कन्टेनरमा २३५ किलो चरेस, २ भारतीय नागरिक पक्राउ
पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग
त्रिशूली जलविद्युत उत्पादन गृहमा आगलागी : विद्युत उत्पादन बन्द
ससुरालीमै गएर श्रीमतीमाथि एसिड प्रहार
राजपालाई मनाउन रेशम चौधरीको शपथ
इतिहास पढ्ने बिद्यार्थी शून्य, छात्रवृत्तिको ब्यबस्था
रेशम चौधरीले लिए थारु भाषामा सपथ (भिडियोसहित)
पुण्य कमाउन महीनावारी नहुँदै विवाह
सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु
प्रेमिकालाई किन धोका दिन्छन् पुरुष ?
बद्रि पंगेनी र स्वस्तिका तिमिल्सिनाको पन्चेबाजा गीत ‘गुन्द्रीमा दरी’
नरेन्द्र मोदीको त्रास, जनसभामा कालो लुगा लगाउन प्रतिबन्ध
महिला प्रहरीलाई बलात्कार प्रयास गर्ने प्रहरी जवानलाई साढे ३ वर्ष कैद
दयाहाङ राई स्टार फिल्म ‘मिस्टर झोले’ युट्युवको ट्रेन्डिङ वानमा
प्रेमिकालाई किन धोका दिन्छन् पुरुष ?
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया