नयाँ प्रधानन्यायाधीशले सम्हाले कार्यभार : जोशीको पेसी खोसियो

नयाँ प्रधानन्यायाधीशले सम्हाले कार्यभार : जोशीको पेसी खोसियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई पेसी विमुख गराएर आफ्नो कार्यकाल थालनी गरेका छन् । मुलुकको २९ औं प्रधानन्यायाधीशको पदभार सम्हालेपछि राणाले बुधबार दैनिक पेसी तोकेका थिए । तर उनले वरिष्ठ न्यायाधीश जोशीलाई कुनै मुद्दा हेर्न दिएनन् ।

गत साउनमा संसदीय विशेष सुनुवाइ समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो । प्रधानन्यायाधीश राणाले गत आइतबार सुनुवाइ समितिमा आफू प्रधानन्यायाधीश भएमा संसद्को गरिमा राख्ने प्रतिबद्धता जनाएका थिए ।

राणाले आफूले कठोर निर्णय लिएर पेसी नतोकेको स्पष्ट पार्दै अदालतलाई निकास दिन जोशीसँग आग्रह गरेका छन् । राणाले भने, ‘मेरा सहपाठी मित्रले वरिष्ठ न्यायाधीशका रूपमा अदालतलाई बन्धक बनाउनुहुन्न । उहाँले अदालतलाई निकास दिनुपर्छ । अबदेखि उहाँको नाममा पेसी तोकिनेछैन ।’

संसदीय समितिमा आफूले गरेको प्रतिबद्धता कार्यान्वयन गरेको दाबी गर्दै राणाले भने, ‘अदालतको सक्षमतामा प्रश्न उठ्न हुँदैन । संसदीय समितिमा प्रतिबद्धता गरेर आएको छु । नागरिक, पत्रकार, सेवाग्राही सबैका लागि कठोर निर्णय गरें । गम्भीर निर्णय लिएर मेरा मित्रलाई पेसी नतोकेको हुँ।’
नागरिकबाट

Logo