काठमाडौं । डा. गोविन्द केसीले अन्ततः आफ्नो १६ औं पटकको अनसन स्थगित गरेका छन् । चिकित्सा शिक्षा सुधारका लागि भन्दैं अनसन बस्न इलाम पुगेका केसीले बुधबार एक विज्ञप्ती जारी गर्दै एक साताको लागि स्थगित गरेको जनाएका छन् । उनले पुस २५ गतेसम्मका लागि अनसन स्थगित गरेको जनाएका छन् ।
आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी गर्न दबाब दिँदै आएका केसीले बुधबारबाट सत्याग्रह थाल्ने भन्दैं इलाम पुगेका थिए ।
चिकित्सा शिक्षा विधेयकमाथि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफल भइरहेकाले अनसनको मिति सार्न समिति सदस्यहरुले आग्रह गरेका थिए ।





























प्रतिक्रिया