केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

प्रधानन्यायाधीशको एक्सनदेखि पर्यटनमन्त्रीको आच्छु आच्छुसम्म

प्रधानन्यायाधीशको एक्सनदेखि पर्यटनमन्त्रीको आच्छु आच्छुसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

जबराको सर्बोच्चमा इन्ट्री, संसदीय समितिबाट अस्वीकृत जोशीलाई दिईएन इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालत पुगेर पदभार सम्हालेका छन् । पदभार सम्हालेसँगै प्रधान न्यायाधीशका रूपमा सर्वोच्च अदालतको काम थालेका हुन् । प्रधान न्यायाधीशका रूपमा जबराले आज पहिलो पटक इजलास तोकेका छन्। उनले आज तोकेको पेशीको सूचीमा संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी आउट भएका छन्।

वाइडबडी प्रकरणः झुट बोलेको भन्दै मन्त्री अधिकारीलाई कारवाही सिफारिस

वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारबारे छानविन गर्न गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । राजेन्द्र केसी नेतृत्वमा गठित उपसमितिले आफ्नो प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिलाई बुझाएको हो । उपसमितिले बहालवाला दुई सचिवलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

काँग्रेस संसदीय दलको कार्यसमितिमा चार सदस्य थपिए

नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति सदस्य पदमा चार सांसद थपिएका छन्।काँग्रेसको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २(ग) बमोजिमलाई मनोनयन गरेको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति सदस्य पदमा चार सांसद थपिएका छन्।काँग्रेसको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २(ग) बमोजिमलाई मनोनयन गरेको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

अर्थ मन्त्रालय: ९ लाखको कार्यालय सामान, ४ लाखको गाडी मर्मत

अर्थ मन्त्रालयले गत मंसिर महिनामा कार्यालय खर्चवापत ३६ लाख ४४ हजार ८ सय १२ रुपैँया भुक्तानी गरेको छ । यो रकम भुक्तानीका लागि प्राप्त बिलका आधारमा उल्लेख गरिएको हो । यसमा मंसिर ६ गतेभन्दा अगाडि भएका खर्चहरु र प्राप्त हुन बाँकी बिलहरुको खर्च विवरण भने समावेश गरिएको छैन । मन्त्रालयले फर्निचर, कार्यालय सामान, गाडी मर्मत, कम्प्युटर खरिद, मेशिनरी खरिद, शौचालय मर्मत, विजुली मर्मत लगायतका शिर्षकमा रकम भुक्तान गरेको हो । मन्त्रालयले मंसिर महिनामा कार्यालय सामान खरिदका लागि सबैभन्दा बढी खर्च गरेको देखिन्छ ।

स्टेजमै नजर हानाहान, ५ महिना भित्रै बिहे (भिडियोसहित)

‘द भ्वाइस अफ नेपाल’का विजेता सिडी विजय अधिकारीको दैनिकी फेरिएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा पहिले देखि नै सक्रिय रहे पनि उनको चर्चा तब ह्वात्तै भयो जब उनी ‘द भ्वाइस अफ नेपाल’मा प्रवेश गरे । उनले द भ्वाइस अफ नेपालको उपाधी हात पारेपछि उनको यात्राले नयाँ मोड लिएको छ ।

चिनी उद्योग अत्याधिक घाटामा, चिनीको यथार्तपरक मूल्य तोक्न आग्रह

चिनी उद्योगीहरुले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न नसकिएको स्पष्टिकरण दिएका छन । नेपाल चिनी उद्योग महासंघका अध्यक्ष शशीकान्त अग्रवालले अत्याधिक घाटामा गएकाले चिनी उद्योग संचालन गर्न सकिने अवस्था नरहेको प्रष्टयाएका छन् । बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले चिनीको यथार्थपरक मूल्य नतोक्ने हो भने उखु कृषकहरुको बक्यौता रकम तीर्न नसक्ने पनि स्पष्ट पारे ।

चिकित्सा शिक्षा विधेयक सर्वसम्मत गराउने प्रयास

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि दफाबार छलफल गरी प्रतिवेदन पेश गर्न गठित सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले सर्वसम्मत रुपमा प्रतिवेदन तयार पार्ने प्रयास जारी राखेको छ ।

फ्रि भिसा र टिकेट लागु गर्न कानुन र संयन्त्र बनाउन सर्वोच्चको निर्देशन

सर्वोच्च अदालतले मलेसियासहित खाडी मुलुक जाने कामदारको हकमा लागू भएको फ्रि भिसा र टिकेट टिकटको निर्णय प्रभावकारी ढंगले लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । सरकारको नाममा एक निर्देशनात्मक आदेश जारी गर्दै यसका निम्ति आवश्यक कानुन तथा संयन्त्रको व्यवस्था गर्नू/गराउनू भनेको हो ।

विवाहको डेढ महिनापछि हनिमुनमा दीपिका र रणवीर

दुई महिला भारतको सबरीमला मन्दिर पस्न सफल, राज्यले दियो सुरक्षा

नख्खु कारागारका अधिकांश कैदी फुर्सदिला

बिग बासलाई विचैमा छाडेर बिपिएल खेल्न सन्दीप बंगलादेश तर्फ लागे

४२३ चालकको सवारी अनुमतिपत्र खारेज

माघे सङ्क्रान्तिमा दुई दिन बिदा : प्रदेश नं. ५

दशरथ रङ्गशाला समयमै नबन्दा १३ औँ ‘साग’ प्रतियोगिता प्रभावित

‘जय श्री दाम’ पुष २० गतेबाट नेपालका ५० बढि हलमा एकसाथ प्रदर्शनमा आउँदैं

‘सम्हालिन्छ कहिले मन’ मा आकाश श्रेष्ठ, लिए महंगो पारिश्रमिक

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo