काठमाडौँ
संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि न्यायाधीश दीपकराज जोशीले २ सय ८७ मुद्दा हेरेका छन् । उनको एकल इजलासमा मात्रै ६६ वटा पेसी तोकिएका थिए ।
जोशीले गरेका केही आदेश विवादमा समेत परेका छन् । सर्वोच्च अदालतको प्रस्तावित प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि ३७ दिन बिदामा बसे ।
१८ साउनमा संसदीय समितिबाट अस्वीकृत भएपछि उनी तीनपटक बिदा थप्दै २५ भदौसम्म सर्वोच्च गएनन् । जोशी अस्वीकृत भएपछि संवैधानिक परिषद्को बैठकले ७ भदौमा ओमप्रकाश मिश्रको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । २५ भदौमा संसदीय सुनुवाइ समितिले मिश्रको नाम अनुमोदन ग¥यो । सोही दिन राष्ट्रपतिबाट शपथ लिएर मिश्र सर्वोच्चमा पुग्दा जोशी पनि स्वागत गर्न उपस्थित भए ।
२६ भदौदेखि जोशी नियमित कामका लागि सर्वोच्च जान थाले । तर प्रधानन्यायाधीश मिश्रले जोशीलाई दुई दिनसम्म पेसी तोकेनन् । उनी सर्वोच्च पुगेर हाजिर गर्थे, फर्किन्थे ।
२८ भदौमा भने जोशीको एकल इजलासमा पेसी तोकियो । उनको इजलासमा १ हजार ५ सय ५ वटा पेसी तोकिएकोमा हालसम्म २ सय ८७ मुद्दा हेरेका छन् । बिदा सकेर सर्वोच्च फर्केपछि जोशीको इजलासमा २८ भदौदेखि असोज मसान्तसम्म ६६ वटा पेसी तोकिएको थियो । जसमा ४३ मुद्दामा कारण देखाउ आदेश, मिसिल भिकाउने आदेश गरेका छन् भने ८ मुद्दामा मात्रै फैसला गरेका छन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया