काठमाडौँ
सरकारले रक्सोल–काठमाडौं रेलमार्गको रुट परिवर्तन गरेको छ भने ब्रोडगेज रेलमार्गको सट्टा स्ट्यान्डर्ड विद्युतीय रेलमार्ग बनाउने भएको छ ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हाल विकासको ‘मल्टीमोडेल’ आवश्यक रहेको तथा यसका लागि रक्सोल–काठमाडौं रेलमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं–निजगढ द्रुतमार्ग जोड्न आवश्यक रहेको बताए । साथै, रेलमार्ग काठमाडौंको चोभारमा जोड्नेगरी अध्ययन भइरहेको पनि उनले बताए ।
मन्त्री महासेठले रेलमार्गको रुट पनि परिवर्तन भएको जानकारी दिँदै यसअघि रक्सोल–वीरगञ्ज हुँदै काठमाडौं आउने तय गरिएकोमा अब रक्सोल–वीरगन्ज–जीतपुरबाट प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आउने गरी उक्त रेलमार्गको सम्भाव्यता अध्धयन अघि बढाइएको बताए । रक्सोलबाट वीरगन्ज, निजगढ र बागमती किनार हुँदै काठमाडौंसम्म आइपुग्ने प्रस्तावित उक्त रेलमार्ग करिब ११३ किलोमिटर लामो हुने अनुमान गरिएकोमा अब लम्बाइ केही बढ्ने जनाइएको छ ।
रक्सोल–काठमाडौं ब्रोडगेज रेलमार्गको सम्भाव्यता अध्ययनको जिम्मा भारत सरकारलाई दिएको थियो । तर ब्रोडगेज रेलमार्ग पुरानो प्रविधिको भएकोले सरकारले आफ्नो निर्णयमा पुनर्विचार गरेर विद्युतीय रेलमार्ग बनाउने निर्णय गरेको मन्त्री महासेठले बताए । सरकारले भारत तथा चीनको रेललाई नेपाल ल्याउने ठूलो प्रयास गरिरहेको छ ।
कारोबारबाट





























प्रतिक्रिया