रामेछाप
मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् ।
कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् । तर स्थानीय र सेवाग्राहीको असन्तुष्टिप्रति ढकालले चासो दिएका छैनन् । कार्यालय भवनभित्र प्रवेश गर्ने मूलढोका नै थुनेर ढकालले कुखुरापालन गर्दा सेवाग्राहीहरूलाई कार्यालयमा आवातजावत गर्न नै समस्या भएको छ । मूलढोका बन्द हुँदा सेवाग्राही वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।
खुला रूपमा छाडिएका कुखुराले दिनहुँ कार्यालय परिसर र कार्यकक्षभित्रै फोहोर गर्ने गरेको मन्थली नगरपालिका–१ का चिरञ्जीवी दाहालले बताए । कार्यालय प्रमुख ढकालले भने, कार्यालको कम्पाउन्ड फराकिलो भएकाले आफूले कुखुरापालन गरेको बताए । आफूले कार्यालय परिसरभित्र कुरापालन गरेर कृषि व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने समेत दाबी गरे ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया