एजेन्सी । महिलामाथि यौन दुव्र्यवहार, बलात्कारजन्य घटना भएको तपाई हामीले देख्दै, भोग्दै र सुन्दैं आएका छौं । कहिले बालिकामाथि बलात्कार त कहिल्यै महिलामाथि बलात्कार भएका घटना बेला बेला आईरहन्छन् ।
तर अफ्रिकी मुलुक इजिप्टमा एकजना युवतीले बाँदरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । र, यौन दुर्व्यवहारको अभियोगमा ती २५ वर्षीया युवतीलाई ३ वर्षको जेल सजाय तोकिएको छ ।
इजिप्टको मनसोरा सहरस्थित अदालतले बासमा अहमद नामकी युवतीलाई बाँदरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा ३ वर्षको जेल सजाय सुनाएको हो ।
ती युवतीले बाँदरसँग सार्वजनिक स्थलमा आपत्तिजनक कार्य गरेको ठहर अदालतले गरेको छ । युवतीले बाँदरमाथि गरेको आपत्तिजनक क्रियाकलापको ९० सेकेण्डको भिडियो इन्टरनेटमा भाइरल बनेसँगै उनलाई पक्राउ गरिएको थियो ।
उक्त भिडियोमा ती युवतीले बाँदरको यौनांग चलाउँदै हाँस्दै गरेको देखिएको थियो । अदालतले ती महिलाले आफ्नो कसूर स्विकार गरेको भएपनि आफ्नो नियत बाँदरलाई यौन दुर्व्यवहार गर्ने नभएको बताएकी थिईन् ।





























प्रतिक्रिया