जब फेसबुकले हराएको १३ वर्षपछि पुर्नमिलन गरायो

जब फेसबुकले हराएको १३ वर्षपछि पुर्नमिलन गरायो

केन्द्रबिन्दु
0
Shares

अहिलेको समयमा सोसल मिडिया नचलाउने मानिस कमै होलान् । एक तर्फ सोसल मिडियाबाट देश विदेशमा के भइरहेको छ ? कहाँ–कँहा कस्तो घटना घटेको छ ? केही समयमा नै थाहा पाउन सकिन्छ भने अर्को तर्फ आवश्यक परेको बेला धेरै काम लाग्न सकछ ।

त्यस बाहेक सोसल मिडिया मार्फत टाढा भएका आफन्त साथिभाईहरुसँग पनि कुराकानी गर्न सकिन्छ । त्यस्तै को कहाँ के गर्दैछन् भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ।

अहिलेको समयमा यो धेरै ठुलो हतियार बनेको छ । सोसल मिडिया मनोरञ्जनको साधनमा मात्र सिमित छैन् । त्यसको उदाहरण हो, फेसबुक मार्फत एक वृद्ध भेटिनु । भारतको हरियाणा घर भएका हाजी बशिर फेसबुकको माध्ययमबाट परिवारसँग पुर्नमिलन भएको छ । हामीद कोलनीमा बस्ने ति वृद्धा १३ वर्षदेखि आफ्नो परिवारसँग बिछोडिएका थिए । उनी १३ वर्षपछि फेला पर्दा परिवारमा खुशीको माहोल छाएको छ ।

सन् २००५ मा ति वृद्ध हराएका थिए । त्यसबेला उनको परिवारले उनलाई धेरै खोज्ने प्रयास गरेको थियो । उनी भेटिएनन्, उनको परिवारले हिम्मत हारेनन् ।

आशा थियो उनी एक न एक दिन भेटिनेछन् । तर एक वर्ष वित्यो, दुई वर्ष वित्यो, वर्षाै वित्यो उनी भेटिएनन् अब परिवारको आश मर्न थालिसक्यो । एक दिन अचानक उनको परिवारले फेसबुकमा उनको पोष्ट देखे । त्यसपछि उनको परिवार १३ वर्षदेखि सम्पर्कविहिन वृद्धलाई घरमा ल्याउने कोशिसमा जुटे ।

यस घटनाक्रमको सबैभन्दा अचम्मको कुरा त के हो भने उनको परिवारका सदस्यले जुन फोटो देखेका थिए । त्यो फोटो भारतदेखि कोशौ टाढा साउदी अरबमा पोष्ट भएको थियो ।

प्रश्न उठ्न सक्छ, उनी भारतबाट साउदी कसरी पुगे ? त्यो भन्दा पनि महत्वपुर्ण कुरा हो उनी १३ वर्षपछि विछोडिएको परिवारसँग फेरि भेट भएको छ । उनीसँग भेट भएपछि सबैको आँखा रसाएको थियो । फेरि उनले सबै दुःख विर्सेर पहिलाजस्तै हाँसी खुशी आफ्नो परिवारसँग रमाउन सक्नेछन् ।

Logo