सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न लागेको नया कामको बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुने गरेको बताएका छन्।
शनिबार काठमाडौंमा भएको क्यान महासंघको २५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले घोषणा गरेका नवीन काम अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको गुनासो गरेका हुन् । उनले विरोध र अवरोध गर्नेहरुले आफ्नो क्षेत्राधिकार नाघ्न नहुने तर्क गरे ।
उनले सम्बन्धित निकायले आफ्नो जिम्मेवारी नबुझेर अर्काको क्षेत्राधिकार मिच्ने परिपाटीले समस्या सिर्जना भएको दाबी गरे। डिजिटल नेपालको लक्ष पूरा गर्ने सन्दर्भमा केही अप्ठ्यारा सिर्जना हुने गरेको उल्लेख गर्दे उनले विद्युतीय कारोबार सम्बन्धी ऐनहरुलाई सहज बनाउदै लगिने बताए।
सिलौटे युग पार गर्दे अहिले मन्त्रिपरिषद् बैठक कम्प्युटर प्रणालीबाट सञ्चालन गर्ने अवस्थामा आइसकेको भन्दै उनले सरकारले डिजिटल नेपालको संकल्प पूरा गरेरै छाड्ने दाबी गरे।





























प्रतिक्रिया