काठमाडौँ
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने बताएका छन् । ‘जति चाँडो संशोधन गर्यो, त्यति चाँडो मुलुकले बाटो पाउँछ’, उनले भने ।
शुक्रबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा यादवले संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरु सरकारमा सहभागी भएको स्पष्ट पारे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन नगरेसम्म मुलुकले बाटो नपाउने ठोकुवा गरे । उनले चाँडो भन्दा चाँडो संशोधनको विद्येयक अगाडि बढाउनुपर्नेमा जोड दिए ।
मन्त्री यादवले संसदको चालु हिउँदे अधिवेशनमै संविधान संशोधनको विद्येयक दर्ता हुने र पारित हुने पनि विश्वास दिलाए ।
नागरिकबाट





























प्रतिक्रिया