(मन्दिरा खत्री)
सेलिब्रेटी त्यसै पनि चर्चाको शिखरमा हुन्छन् । उनीहरुका झिनामसिना मिस्टेकदेखि व्यक्तिगत क्रियाकलाप समेत भाइरल बन्छन् । बर्ष २०१८ को अन्त्यतिर आईपुग्दा चर्चित सेलिब्रेटीहरुको समिक्षा भईरहेको छ । यसै सन्दर्भमा सर्च ईन्जिन गुगलमा यो बर्ष सर्वाधिक खोजीमा परेका ‘टप टेन’ सेलिब्रेटीको विवरण यस्तो छ ।
१) साइल्भेस्टर स्टलवान
यो वर्ष सबैभन्दा धेरै खोजिएका सेलिब्रेटी हुन् सिलभेस्टर स्टलवान । उनलाई २०१८ को फेब्रुअरी महिनामा सर्वाधिक खोजिएको गुगलले जनाएको छ । सबैभन्दा बढी खोजिने देशको पहिलो नम्बरमा साउथ अफ्रिका, दोस्रोमा घाना, तेस्रोमा हंगेरी, चौथोमा बोलिभिया र पाचौंमा प्युरटो परेका छन् ।

उनी अमेरिकाको क्योर्फोनियामा जन्मेका हुन् । सिलभेस्टर स्टलवान एक अमेरिकी कलाकार, निर्देशक, पटकथा लेखक तथा निर्माता हुन् । उनी विशेषत हलिउड ऐक्सन रोलहरुको लागि पपुलर छन् । जसमा उनले रकी सिरिजमा बक्सर रकी बाल्बोको भूमिका निभाएका थिए जसले गर्दा उनले बेस्ट ओरिजिनल स्क्रिन प्ले र बेस्ट एक्टरको अवार्ड दिलायो । उनी चार्लि च्याप्लिन र र्ओसन वेल्सपछि एकै फिल्मको लागि दुई वटा बिधामा मनोनयनमा पर्ने तेस्रो व्यक्तिमा परेका छन् ।
२) लोगान पौल
वर्ष २०१८ गुगलमा लोगान पौल सर्वाधिक खोजिए । उनी सर्वाधिक खोजीको दोस्रो नम्बरमा परेका छन् । पौललाई २०१८ को जनवरी, फेब्रुअरी, अप्रिल, जुलाई, अगस्ट र अक्टुबरमा महिनामा सर्वाधिक खोजी गरिएको छ । अगस्ट १९ देखि अगस्ट २५ सम्म उनको लोकप्रियता शतप्रतिशत देखिन्छ । धेरै सर्च गर्ने देशहरुमा आयरल्याण्ड, युके, न्युजिल्याण्ड, नर्वे र अमेरिका रहेका छन् ।

उनी अमेरिकामा जन्मेका हुन् । पौल अमेरिकी कलाकार, इन्टरनेट सेलिब्रेटी तथा फिल्म निर्देशक हुन् । उनको पुरा नाम लोगान एलेक्जेन्डर पौल हो । उनले १० वर्षको उमेरदेखि नै आफ्नो यट्युव च्यानलको लागि भिडियो बनाउन सुरु गरेका थिए । अहिले उनको सामाजिक सञ्जालमा करिब ३.१ मिलियन फ्लोअर्स छन् ।
३) पेटे डेभिड्सन

यो वर्ष सर्वाधिक खोजीको तेस्रो नम्बरमा अमेरिकी पेटे डेभिड्सन परेका छन् । उनलाई जेनवरी, मार्च, अप्रिल, मे, जुन, जुलाई, अगस्ट, सेप्टेम्बर, अक्टोबर, नोबेम्भर, डिसेम्बर महिनामा सर्वाधिक खोजी गरिएको छ । २०१८ अक्टोबर १४ देखि अक्टोबर २० सम्ममा उनको लोकप्रियता शतप्रतिशत देखिएको छ । डेभिड्सनलाइ खोज्ने देशहरुको सूचिमा पहिलो नम्बरमा अमेरिका, दोस्रोमा क्यानडा, तेस्रोमा आयरल्याण्ड, चौथोमा अस्ट्रेलिया, पाँचौंमा न्युजिल्याण्ड लगायतका अन्य देशहरु पनि छन् । अमेरिकाको न्युर्योकमा जन्मेका डेभिड्सन कमेडियन कलाकार हुन् ।
४) बिल कस्बी

बिल कस्बी पनि यो वर्ष गुगलमा धेरै खोजिए । उनी धेरै खोजिने सेलिब्रेटीहरुको सूचिमा चौथो नम्बरमा परेका छन् । उनलाई जनवरी, फेब्रुअरी, अप्रिल, मे, जुलाई, सेप्टेम्बर, अक्टोबर र डिसेम्बरमा बढी खोजिएको देखिन्छ । जसमा सेप्टेम्बर २३ देखि सेप्टेम्बर २९ सम्म उनको लोकप्रियता शतप्रतिशत देखिन्छ । उनलाई विश्वभरबाट खोजिने देशको पहिलो नम्बरमा जमाईका, दोस्रोमा अमेरिका, तेस्रोमा क्यानडा, चौथोमा साउथ अफ्रिका र पाँचौंमा आयरल्याण्ड परेको छ । उनको पुरा नाम विलियम हेनरी कस्बी जे आर हो । उनी अमेरिकी कलाकार, कमेडियन तथा संगीतकार हुन् । उनले कमेडीबाट नै आफ्नो करियर सुरु गरेका थिए ।
५) नाअ सेन्टिनिओ

नाअ सेन्टिनिओ गुगलको सर्च इन्जिनमा बढी खोजिनेको पाचौं नम्बरमा परेका छन् । उनलाई जनवरी, अप्रिल, जुलाई, अगस्ट, सेप्टेम्बर, अक्टोबर र डिसेम्बरमा खोजिएको गुगलले जनाएको छ । उनलाई सर्वाधिक खोजिने देशमा कोस्टारिका पहिलो नम्बरमा, दोस्रोमा व्युरिटो रिको, तेस्रोमा फिलिपिन्स, चौथोमा होनडुराज र पाचौंमा पानामा परेको छ । नाअ सेनटिनिव एक अमेरिकन एक्टर हुन् । उनी केलिफोरनियामा बस्दै आएका छन् । उनी टेलिभिजन सिरिज द फोस्टर, हाउ टु बिउल्ड अ बेटर बोइ लगायतका टेलिसिरियलका रोलको लागि प्रख्यात छन् ।
६) डोनाल्ड ग्लोभर

छ्रैटौं नम्बरमा डोनाल्ड ग्लोभर परेका छन् । उनलाई जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन, जुलाई, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा बढी खोजियो । जसमा उनलाई मे ६ देखि मे १२ सम्म शतप्रतिशत खोजी गरिएको गुगलले जनाएको छ । उनी अमेरिकन एक्टर, कमेडियन, गायक, लेखक, निर्देशक, निर्माता, र्यापर, तथा डिजे हुन् ।
७) अलिसन म्याक

सातौं नम्बरमा परेकी अलिसन म्याकको पुरा नाम अलिसन क्रिस्टिन म्याक हो । उनलाई जनवरी, मार्च, अप्रिल, मे, जुलाई, अक्टोबरमा धेरै पटक खोजिएको गुगलले जनाएको छ । उनको लोकप्रियता २०१८ अप्रिल २२ देखि २८ सम्म शतप्रतिशत देखिएको छ । जसमा उनलाई खोज्ने देशको पहिलो नम्बरमा अमेरिका, दोस्रोमा क्यानाडा, तेस्रोमा आयरल्याण्ड, चौथोमा न्युजियल्याण्ड र पाँचौंमा युके परेको छ ।
अलिसन म्याक जर्मनी मूलकी अमेरिकन कलाकार हुन् । उनले चार वर्षको उमेरबाट नै आफ्नो अभिनयको करियर सुरु गरिन् । जर्मन चकलेटको विज्ञापनबाट म्याकले सानै उमेरमा अभिनयमा कदम राखेको थिइन् । त्यसपछि उनले मोडलिङ पनि सुरु गरेकी हुन् ।
८) गेरी वल्डम्यान

गेरी ओल्डम्यान सर्वाधिक खोजीको आठौं नम्बरमा परेका छन् । जसमा उनलाई जनवरी, फेब्रुअरी, अप्रिल, जुलाई र अक्टोबरमा बढी खोजिएको गुगल सर्च तथ्यांकले देखाएको छ । उनलाई धेरै खोजिने देशमा पहिलो स्थानमा युके, दोस्रोमा आयरल्याण्ड, तेस्रोमा हंगेरी, चौथोमा न्युजियल्याण्ड र पाचौंमा चिल्ली परेको छ ।
गेरी पुरा नाम गेरी लियोनार्ड वल्डम्यान हो । लियोनार्ड न्युक्रस सिटी, लण्डनमा जन्मेका हुन् । उनी कलाकार, फिल्म मेकर तथा संगीतकार हुन् । उनले थिएटर, फिल्म र टेलिभिजनमा काम गरेका छन् । उनी बरिष्ट कलाकार हुन् ।
९) सपना चौधरी

सपना चौधरी नवौं नम्बरमा परेकी छन् । उनलाई जनवरी, अप्रिल र अक्टोबरमा बढी खोजिएको गुगलले जनाएको छ । भारतमा उनलाई एकदमै धेरै खोजिएको देखिन्छ । ५.७ इन्च अग्ली सपना भारतीय गायिका, डान्सर तथा अभिनेत्री हुन् । भारतीय रियालिटी सो बिगबोस ११ की प्रतिस्पर्धी समेत हुन् । बीगबोसबाट नै उनको चर्चा चुलिएको हो । उनले सपना जानु, वीरे की वेडिङ लगायतका आइटम सङमा समेत अभिनय गरेकी छिन् ।
१०) रोसियनी बार

अमेरिकामा जन्मेकी रोसियनी बार एक्टेस, कमेडियन, निर्माता, राजनितिज्ञ तथा लेखक हुन् । उनको पुरा नाम रोसियनी चेरी बार हो । उनी दशौं नम्बरमा परेकी छन् । उनलाई जनवरी, अप्रिल, मे, जुलाई र अक्टोबरमा सर्वाधिक खोजी गरिएको गुगलले जनाएको छ । जसमा उनको लोकप्रियता मे २० देखि जुन २ सम्म शतप्रतिशत देखिएको छ । धेरै खोज्ने देशको पहिलो स्थानमा अमेरिका, दोस्रोमा क्यानडा, तेस्रोमा आयरल्याण्ड, चौथोमा अस्ट्रेलिया र पाँचौंमा न्युजिल्याण्ड परेको छ ।































प्रतिक्रिया