बिर्तामोड
झापाको मेचीनगर–६ स्थित साठी बिघा भन्ने स्थानमा आगलागी हुँदा २२ वटा घर तथा टहरा जलेर नष्ट भएका छन् । गएराति करिब ८ बजेबाट आगलागी सुरु भएको थियो । तीनवटा बारुणयन्त्रको सहायताले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको छ ।
आगलागीबाट १६ वटा टहरा र ६ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आगलागीबाट करिब डेढ करोडभन्दा बढीको क्षति पुगेको प्रहरीले जनाएको छ ।
मेचीनगर–६ स्थित साठी विघा (पुरानो भन्सार) क्षेत्रमा रहेको बधशालानजिकै स्थानीय छविलाल आङदाम्बेको घरबाट बिहीबार आगो सुरु भएको प्रहरीको भनाइ छ । बिजुली गएपछि आङदाम्बेले बालेको मैनबत्ती ग्यास सिलिण्डरको पाइपमा सल्किएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया