भिडियोमा हेर्नुहोस गुगलमा को नेता कति लोकप्रिय ?

भिडियोमा हेर्नुहोस गुगलमा को नेता कति लोकप्रिय ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जनताका अभिभावक हुन् नेता । जसरी एउटा बच्चाले आफ्नो अभिभावक खोजी गर्छ त्यसरी नै जनताले पनि नेताको खोजी गरिरहन्छ । चाहे नेताले वेवास्तै किन नगरुन् । नेतालाई तौलिने र छान्ने भनेकै जनताले हो ।

नेताहरुलाई डष्टविनमा फाल्ने कि रातो कार्पेट ओछ्याउने भन्ने निक्र्यौल जनताले नै गर्दछन् । गणतन्त्रमा त झन जनता नै सर्वेसर्वा हुन्छन् । जनताले नेतालाई हुत्याउने र सुम्सुम्याउने मात्रै होईन उनीहरुको ‘वाच’ पनि गरिरहेका हुन्छन् ।

आफुले छानेका नेताले देश र जनताका लागि के कस्तो काम गर्दैछ भन्ने कुरा उनीहरुले लेखेर, बोलेर वा हृदयबाट मुल्यांकन गरिरहेका हुन्छन् । जनताको मुल्यांकनमा थोरै अंक आउनु भनेको नेताको राजनीतिक जीवनमा खडेरी लाग्नु हो ।

भिजन, मिसन, स्ट्राटेजी, कन्ट्रोभर्सी ईत्यादिले नेतालाई चर्चामा ल्याई दिन्छ । यिनै कारणले जनताले नेतालाई खोजी गर्छन् । नेताको नीति, रणनीति र कार्यशैली बुझ्न र आफ्नो धारणा दिन जनताले नेताको नाम ‘सर्च’ गर्छन् ।

नेपालमा मात्रै होईन विश्वमै सबैभन्दा बढी प्रयोग हुने सर्च ईन्जिन हो गुगल । त्यसकारण हामीले तुलनात्मक अध्ययनका लागि गुगललाई नै मुख्य माध्यम बनाएका छौ ।

नेपालमा विभिन्न नेताहरुलाई सर्च गरेको देखिन्छ । त्यसमा रोचक कुरा के भने प्रचण्ड र बाबुरामलाई भन्दा ज्ञानेन्द्रलाई खोज्ने धेरैले खोजेको देखिन्छ । थप भिडियोमाः

Logo