काठमाडौं
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् ।
दूरसञ्चार क्षेत्रको नियामक निकायको अध्यक्ष पदमा बस्न अयोग्य भनी हटाइएका झालाई केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः नियुक्ति दिएपछि सत्तारुढ दल नेकपा भित्रैबाट सरकारको आलोचना भएको थियो ।
झाको नियुक्ति विरोध गर्दै उनलाई हटाउन प्रधानमन्त्रीमाथि दबाब सिर्जना गर्न नेकपाका ४३ केन्द्रीय सदस्यले केही दिन अघि हस्ताक्षर संकलन गरी बुझाएका थिए ।
दबाब बढ्दै गएपछि प्रधानमन्त्रीले झालाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले बुधबार संसदीय दलको बैठकमा झाले राजीनामा गरेको बताएका थिए । झाले आफूले राजीनामा दिएको पुष्टी गरेका छन् ।
झाले आफ्नो विषयमा प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई बद्नाम गराउने कोसिस भएकाले आफू पदमा बसिरहन नचाहेको बताएका छन् । ‘मेरा कारण उहाँहरुलाई बद्नाम हुन नदिन राजीनामा गरेको हुँ’, उनले भने, ‘मेरो मानमर्दन गर्ने गरी गरिएको अभियोजन विरुद्ध कानुनी उपचार खोज्नेछु ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया