मेलम्चीका उपठेकेदार भन्छन् : तत्काल भुक्तानी नपाए ‘नो सप्लाई, नो वर्क’

मेलम्चीका उपठेकेदार भन्छन् : तत्काल भुक्तानी नपाए ‘नो सप्लाई, नो वर्क’

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

खानेपानी सचिव र आयोजना प्रमुखको मनोमानीका कारण ठेक्का रद्दको संघारमा पुगेको मेलम्ची खानेपानी आयोजनाका ४२ उपठेकेदारले आफूले भुक्तानी नपाए मेलम्चीको काम ठप्प पार्ने चेतावनी दिएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै डेढ अर्ब रुपैयाँ ठेकेदार सीएमसीबाट उठाउन बाँकी रहेको र सरकारकै कारण उक्त रकम धरापमा परेको बताउँदै यस्तो चेतावनी दिएका हुन् । बिरामोटर्स, ज्योतिश्री, बीएम इन्टरप्राइजेज, मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर, एचजी इन्टरप्राइजेज, जाल्पा इन्फ्रस्ट्रक्चर लगायत विभिन्न ४४ कम्पनीका प्रतिनिधिले पत्रकार सम्मेलनमार्फत् विभिन्न माग गरेका छन् ।

त्यस्तै उनीहरुले सरकारले आफ्ना माग समयमै सम्बोधन नगरे ‘नो सप्लाई, नो वर्क’ अर्थात् ‘सामग्री ढुवानी नगर्ने र काम पनि नगर्ने’ को नीतिसहित कडा रुपमा प्रस्तुत हुने पनि चेतावनी दिएका छन् । मेलम्ची आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न र नेपालीले आयोजनामा बैंक कर्जा लिएर वा घरखेत बेचेर गरेको लगानी उठाउन वर्तमान सरकार गम्भीर हुनुपर्ने पनि उनीहरुको भनाइ छ ।

कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसी पीडित नेपाली समूहका संयोजक इञ्जिनियर श्रीराम न्यौपानेले मेलम्ची आयोजनाको ९० प्रतिशतसम्म पूरा गराउन योगदान गर्ने नेपाली उपकरण, नेपाली श्रम र नेपाली लगानीलाई खेर जान नदिन सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।
अन्नपूुर्णबाट

Logo