तेस्रो मुलुक हिँडेका ४० नेपाली महिलाको भारतबाट उद्दार (भिडियोमा)

तेस्रो मुलुक हिँडेका ४० नेपाली महिलाको भारतबाट उद्दार (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ ।

दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा तेस्रो देश जाने तयारीमा रहेको उनीहरु झण्डै एक महिनादेखि भारतीय प्रहरीकोे नियन्त्रणमा थिए ।

नयाँ दिल्लीस्थित नेपाली दूतावास र ‘माइती भारत’ का अध्यक्ष बालकृष्ण पाण्डेको सहयोगमा उनीहरुलाई भारतीय प्रहरीको नियन्त्रणबाट मुक्त गरी नेपाल फर्काइएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

४० महिलामध्ये १३ लाई आज र २७ लाई तीन दिनअघि नेपाल फर्काइएको उनले बताए । नेपाल भारत जनसम्पर्क समितिका अध्यक्ष पाण्डेको सहयोगमा सबै महिलालाई विमानबाट नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रीय अनुसन्धन ब्यूरो (सिआइबी) लाई हस्तान्तरण गरिएको थियो ।

सिआइबीले घट्नाबारेमा थप अनुसन्धान गरिरहेको र आफन्त नआएसम्मका लागि उद्धार गरिएका महिलालाई नख्खुस्थित ‘फर द वान’ संस्थाको जिम्मामा पठाएको सिआइबीका डिएसपी राजकुमार सिलवालले बताए ।

Logo